Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
Photo / Coverage: हिमालय टाइम्स

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गर्नुभएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो । सुर्खेतमा सम्पन्न उक्त भेटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न संघीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको हो । छलफलका क्रममा मन्त्री पोखरेलले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै, मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी गराउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको थियो । मन्त्री पोखरेल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निरीक्षण तथा सरोकारवालाहरूसँगको समन्वयका लागि हाल सुर्खेत भ्रमणमा हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा
Latest NewsJust now

१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा

मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला उनी हरर चलचित्रमा पनि फर्किने भएकी छन्। १७... ...

रातोपाटी
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
Latest NewsJust now

तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

काठमाडौँ, कात्तिक १६ गते । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष योजना बनाएको छ । चाडपर्वका सम... ...

गोरखापत्र
यस्तो छ आजको मौसम
Latest NewsJust now

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । जसको कारण देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ...

केन्द्रबिन्दु
बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ
Latest NewsJust now

बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ

मुम्बई । मुम्बईस्थित आफ्नो घर बमले उडाइदिने धम्की पाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले पहिलोपटक समर्थकहरूसँग भेटघाट गरेका छन्। हरेक आइतबारजस्तै यसपटक पनि आफ्नो घर ‘जलसा’ बाहिर समर्थकहरूको अभिवादन स्वीकार गर्न पुगेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play