Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलस्थल सार्वजनिक, सुर्खेतमा २२ खेल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलस्थल सार्वजनिक, सुर्खेतमा २२ खेल हुने
Photo / Coverage: हिमालय टाइम्स

सुर्खेत । यही मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको खेलस्थलसम्बन्धी विवरणअनुसार प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् भने अन्य खेल कर्णालीका विभिन्न जिल्ला तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा आयोजना गरिनेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगितामा समावेश ३२ खेलमध्ये २२ खेल सुर्खेतमा सञ्चालन हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्याण्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल र कबड्डीका खेल हुनेछन् । त्यसैगरी कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र ई-स्पोर्ट्सका प्रतिस्पर्धा पनि सुर्खेतकै विभिन्न खेलस्थलमा सञ्चालन गरिने परिषद्ले जनाएको छ । अन्य जिल्लातर्फ टेनिस तथा महिला र पुरुष खो-खो प्रतियोगिता बर्दियामा आयोजना हुनेछ । पौडी र सुटिङका खेल नेपालगञ्जमा सञ्चालन गरिनेछन् । त्यस्तै, जुडो र कुस्ती सल्यानमा, आइटिएफ तेक्वान्दो दैलेखमा, महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा तथा बुद्धिचाल प्रतियोगिता कालीकोटमा सञ्चालन हुनेछ । शारीरिक सुगठन प्रतियोगिता भने पश्चिम रुकुममा आयोजना गरिनेछ । खेलस्थलको विवरणअनुसार सुर्खेतमा २२, बाँके र बर्दियामा दुई-दुई तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन् । त्यसैगरी जुम्ला, कालीकोट, दैलेख र रुकुम पश्चिममा एक-एक खेल आयोजना गरिनेछ । प्रतियोगिताले कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेल पूर्वाधारको उपयोगसँगै खेलकुद गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । यद्यपि प्रतियोगिताको औपचारिक समुद्घाटन भने मंसिर १६ गते गरिने आयोजकले जनाएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा करिब नौ हजार जनाको सहभागिता रहनेछ । जसमा छ हजार खेलाडी र तीन हजार अफिसियल्स सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली तथा सम्बन्धित खेल संस्थाका खेलाडीले सहभागिता जनाउनेछन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगितालाई व्यवस्थित, मर्यादित र प्रभावकारीरूपमा सम्पन्न गर्न आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको सन्दर्भमा यसलाई प्रदेशको खेलकुद विकास, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारको अवसरका रूपमा समेत हेरिएको छ । प्रतियोगिताका लागि आवश्यक खेलस्थल व्यवस्थापन, पूर्वाधार तयारी, खेलाडी तथा अफिसियल्सको आवास, यातायात र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको आयोजकले जनाएको छ ।दशौँ राष्ट्रिय खेलकुदले कर्णालीमा खेलकुदको नयाँ वातावरण सिर्जना गर्नुका साथै स्थानीयस्तरमा खेलप्रतिको आकर्षण बढाउने र प्रदेशको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको सफलताका लागि प्रधानमन्त्री बालेनको शुभकामनाप्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले मंसिर ८ गतेदेखि सुरु हुने प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रिय खेलकुद प्रतियोगितालाई घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सवको संज्ञा दिँदै यसपटक कर्णाली प्रदेशले पहिलोपटक यसको आयोजना गर्न लागेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार प्रतियोगिताले नयाँ खेलाडीको पहिचान गर्न, खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्न तथा खेल पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । साथै, खेलकुदका माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन पनि प्रतियोगिताले भूमिका खेल्ने विश्वास उहाँको छ । प्रधानमन्त्री शाहले प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन प्राप्त हुने अपेक्षासमेत व्यक्त गर्नुभएको छ । हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करणमात्रै आयोजना हुनुलाई उहाँले दुःखद पक्षका रूपमा औँल्याउनुभएको छ । अब सरकारले प्रतियोगितालाई यसको उद्देश्यअनुरूप नियमितरूपमा आयोजना गर्न र स्तर अभिवृद्धि गर्न गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिनुभएको छ । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको आर्थिक गतिविधि विस्तार र पर्यटन प्रवर्द्धनको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकारले ४४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ भने राष्ट्रिय खेलकुद परिषद्ले करिब ७२ करोड रुपैयाँ आवश्यक पर्ने प्रस्तावसहित तयारी अघि बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नमोबुद्ध जात्रा आजदेखि
Latest NewsJust now

नमोबुद्ध जात्रा आजदेखि

काभ्रे । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार... ...

रातोपाटी
बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ
Latest NewsJust now

बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ

काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन्।  नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा.१ज ९८०५ नम्बर... ...

नेपालखबर
विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन
Latest NewsJust now

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन

कञ्चनपुर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछि पालन तथा कृषि उद्यममा रमाएका छन् । विदेशमा काम गरेको अनुभव र... ...

रातोपाटी
भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।  भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन प्रधानमन्त्री शाहले भारतीय समयअनुसार आज बिहान ११ बजे भारतीय प्रधानमन्त्री समकक्षी मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। यसपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement