Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

दराज ११.११ अभियानमा महालक्ष्मी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दराज ११.११ अभियानमा महालक्ष्मी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालले ११.११ अभियानका लागि सहकार्य गरेका छन् । ११.११ का रूपमा विश्वव्यापीरूपमा नै मनाइने अभियानमार्फत् महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधा अझ विस्तार गर्दै जाने नीतिअनुरूप दराजसँग सहकार्य गरिएको बैंकले जनाएको छ । सहकार्यअन्तर्गत कात्तिक २५ गतेसम्मका लागि लागू हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकले दराज नेपालमार्फत् सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा २० प्रतिशत वा अधिकतम दुर्ई हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ । छुटका लागि दराजबाट भौचर संकलन गर्नुपर्नेछ भने योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिलो प्राथमिकतामा राखी छुट प्रदान गरिने बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रेल सेवा व्यवस्थित गर्न माग
Latest NewsJust now

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक,... ...

रातोपाटी
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
Latest NewsJust now

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला... ...

रातोपाटी
पोखरामा सयपत्री पुष्प मेला सुरु
Latest NewsJust now

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की । पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले... ...

रातोपाटी
बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह
Latest NewsJust now

बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच पछिल्लो समय निकट सम्बन्ध देखिएको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play