Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

तीन महिनामै सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न झन्डै ९९ अर्ब खर्च, कुल ऋण ३० खर्ब नाघ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामै सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न झन्डै ९९ अर्ब खर्च, कुल ऋण ३० खर्ब नाघ्यो
Photo / Coverage: पर्दाफास

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ ।

सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ।

कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म अवधिमा दायित्व रु ३० खर्ब नौ अर्ब ११ करोड पुगेको जनाएको छ । सार्वजनिक ऋण सरकारको आम्दानी एवं दायित्वको स्रोत हो ।

सरकारले सार्वजनिक ऋणमार्फत विकास परियोजना तथा दैनिक कार्य सञ्चालनका लागि खर्च व्यवस्थापन गर्ने कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । उक्त कार्यालयले सार्वजनिक ऋणको लागत र वित्तीय जोखिम कम गर्दै ऋण दायित्वलाई दिगो रूपमा व्यवस्थापन गर्दै आएको छ ।

कूल सार्वजनिक ऋणमा २०८३ साउन १ गतेदेखि प्रथम त्रैमासिकको अवधिमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । जुन कूल ग्राहस्थ्य उत्पादनको करिब ४६ प्रतिशत रहेको जानकारी दिए ।

सार्वजनिक ऋण व्यवस्थापनमा ऋण उठाउने, ग्यारेन्टी गर्ने, ऋणको चुक्ता गर्ने एवं ऋणको पुन संरचनासँग सम्बन्धित कार्य पर्दछ । आन्तरिक ऋणलाई अल्पकालीन स्रोत मानिएको छ ।

यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक तथा वैदेशिक रोजगार बचतपत्रलाई लिइएको छ । दीर्घकालीन स्रोतका रूपमा बाह्य ऋणलाई लिने गरिन्छ । यसअन्तर्गत ऋण विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तरराष्ट्रिय सङ्घ संस्था तथा विदेशी सरकारबाट लिने गरिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घाटा सहेरै आयल निगमले पेट्रोल–डिजेलको मूल्य यथावत् राख्ने
OthersJust now

घाटा सहेरै आयल निगमले पेट्रोल–डिजेलको मूल्य यथावत् राख्ने

नेपाल आयल निगमले पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । हालकै मूल्य कायम गर्दा १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले खुद्रा मूल्य बढाउनुपर्ने देखाएको थियो । चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमको सञ्चालक समितिले साविककै मूल्य ...

पर्दाफास
मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्दै काँग्रेस
OthersJust now

मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्दै काँग्रेस

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन् । काँग्रेस गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको ...

पर्दाफास
इन्फान्टिनोको विकल्प खोज्नुपर्ने क्लोपको भनाइ, फिफा अध्यक्ष परिवर्तनको माग
OthersJust now

इन्फान्टिनोको विकल्प खोज्नुपर्ने क्लोपको भनाइ, फिफा अध्यक्ष परिवर्तनको माग

३० कात्तिक, काठमाडौं । जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब भएको टिप्पणी गर्दै विश्व फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन्। ‘ब्लाटरपछि अवस्था यति खराब हुन सक्छ भन्ने मैले सोचेको थिइनँ, तर कसैले त्योभन्दा पनि खराब बनाउन सफल… ...

अनलाइन खबर
हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल
OthersJust now

हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

३० कात्तिक, पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन् । कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play