Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

तीन महिनामा नेपालले पायो ४२ अर्ब ३२ करोड वैदेशिक सहायता

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामा नेपालले पायो ४२ अर्ब ३२ करोड वैदेशिक सहायता
Photo / Coverage: पर्दाफास

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । अर्थमन्त्रालयलयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो । असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शिर्षकमा सरकारले वार्षिक २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । लक्ष्यको तुलनामा ऋण प्राप्तिको प्रगति १३.८८ प्रतिशत रहेको छ । त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १२.९३ प्रतिशत प्रगति भएको छ । ऋण र अनुदान गरी चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने वार्षिक लक्ष्य रहेको छ । असोज मसान्तसम्म कुल ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । यसैबीच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायतासम्बन्धी कुल ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । महिनागत विवरणअनुसार साउनमा २ अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । भदौमा १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ र असोजमा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । पहिलो त्रैमासमा प्राप्त भएको वैदेशिक सहायता प्रतिवद्धता कुल ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ पुगेको छ । वैदेशिक सहायता परिचालनको विवरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण तथा अनुदान प्राप्ति वार्षिक लक्ष्यको तुलनामा १३ प्रतिशत हाराहारीमा सिमित रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२८ खेलका १० मुख्य झलक : सन्दीपको ६ विकेटदेखि पोखराको कीर्तिमानी योगफलसम्म
OthersJust now

२८ खेलका १० मुख्य झलक : सन्दीपको ६ विकेटदेखि पोखराको कीर्तिमानी योगफलसम्म

डेभिड वार्नरदेखि आन्द्रे रसेलसम्मका अन्तर्राष्ट्रिय स्टारको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनायो । अर्कोतर्फ युवराज सम्रा, राहुल यादव, कुशल भुर्तेल र सन्दीप लामिछानेजस्ता खेलाडीले आफ्नो प्रदर्शनबाट दर्शकको ध्यान ताने । ...

अनलाइन खबर
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाकाे शिष्टाचार भेट
OthersJust now

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाकाे शिष्टाचार भेट

नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, दुवै देशबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध र ...

पर्दाफास
एमाले स्थायी कमिटी बैठक भोलि बस्ने
OthersJust now

एमाले स्थायी कमिटी बैठक भोलि बस्ने

३० कात्तिक, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार, भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । एमालेले पर्सि (मंसिर २ र ३) गते राष्ट्रिय भेला गर्दैछ । सोही भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । राष्ट्रिय भेलाबारे एमालेले सोमबार पत्रकार… ...

अनलाइन खबर
जमिन छाडेर रूखमा किन चढ्छन् जंगलका राजा ?
OthersJust now

जमिन छाडेर रूखमा किन चढ्छन् जंगलका राजा ?

सिंहलाई सम्झिनेबित्तिकै हाम्रो आँखाअघि खुला मैदान, अग्लो घाँस र त्यसैबीच शिकार खोज्दै हिँडिरहेको शक्तिशाली जनावरको चित्र आउँछ । तर अफ्रिकाका केही ठाउँमा भने दृश्य अलि फरक छ । त्यहाँका सिंहहरू जमिनमा होइन, रूखका अग्ला हाँगामा आराम गरिरहेका भेटिन्छन् । टाढाबाट हेर्दा उनीहरू ठूलो बिरालोजस्ता देखिन्छन् । तर, नजिकबाट नियाल्दा थाहा हुन्छ, ती बिरालो होइनन्, जंगलका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play