Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तीन दिनको सामूहिक श्रमदानबाट मर्मत गरियो स्याफ्रुबेँसीको पुल

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन दिनको सामूहिक श्रमदानबाट मर्मत गरियो स्याफ्रुबेँसीको पुल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बाढीले क्षति पुर्‍याएको रसुवाको स्याफ्रुबेँसीस्थित पुल सामूहिक श्रमदानबाट मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा स्थानीय तह, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा तीन दिनमै पुल मर्मत गरिएको हो। गत भदौ १० गते आएको भीषण बाढीले पुलमा क्षति पुर्‍याएपछि आवागमन प्रभावित भएको थियो। पुल मर्मत सम्पन्न भएसँगै अवरुद्ध आवागमन पुनः सञ्चालनमा आएको छ। मर्मत कार्यमा गोसाइँकुण्ड र आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले श्रमदान गरेका थिए। विभिन्न निकायबीच समन्वय गरी जनशक्ति परिचालन गर्दा छोटो समयमै पुल मर्मत सम्भव भएको हो। नेपाल रेडक्रस सोसाइटीले पुल मर्मतका लागि आवश्यक निर्माण सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो। स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा समुदायले श्रमदानमार्फत निर्माण कार्यमा सहयोग गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बोलेरो जिप दुर्घटनाका घाइते ६ मध्ये चालकसहित २ जनाको मृत्यु
Latest NewsJust now

बोलेरो जिप दुर्घटनाका घाइते ६ मध्ये चालकसहित २ जनाको मृत्यु

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित आफन्तहरू सवार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान दुर्घटनामा परेको थियो । ...

कान्तिपुर
चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने
Latest NewsJust now

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने

राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर सम्मेलनपछि भएको बृहत् सम्झौतालाई जोगाइराख्न चीनले यस्तो निर्णय लिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ...

कान्तिपुर
ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी
Latest NewsJust now

ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी

काठमाडाैँ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन्। निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान... ...

रातोपाटी
संरक्षणको अभावमा छेडेदह ताल
Latest NewsJust now

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा । छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् । खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा सङ्कटमा पर्न थालेको हो। डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो । प्राकृतिक पहिचानका रूपमा रहेको उक्त ताल आन्तरिक ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play