Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) परियोजना अन्तिम चरणमा पुगेको छ । परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार करिब रु २२ करोड ८७ लाखको यो परियोजनाको पहिलो चरण कार्यान्वयनमा आएसँगै निगमको पेट्रोलियम पदार्थको खरिद, बिक्री, वितरण, भण्डारण, वित्त, लेखा तथा कर्मचारी व्यवस्थापनलगायतका काम डिजिटल प्रणालीबाट सञ्चालन हुन थालेका छन् । सो परियोजनाको परामर्शदाता काठमाडौँ विश्वविद्यालयको युनिभर्सिटी कन्सल्टले यही कात्तिक १७ गते प्रतिवेदन बुझाएपछि निगमले परियोजना समापन तथा हस्तान्तरणको प्रक्रिया अघि बढाएको हो । इआरपी प्रणाली कार्यान्वयनसँगै निगमका देशभरका एक हजार ५०० भन्दा बढी डिलर, ६० बोटलर तथा एयरलाइन्स र तिनका एजेन्टले निगमका डिपोमा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाटै पेट्रोलियम पदार्थको माग प्रविष्ट गर्न, डिजिटल भुक्तानी गर्न तथा आफ्नो कारोबारको विवरण हेर्न सक्ने सुविधा पाएको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख यादवले जानकारी दिए । यसअघि निगमका अधिकांश कारोबार कागजी प्रक्रिया र भौतिक उपस्थितिमा आधारित थिए । नयाँ प्रणालीले ती प्रक्रियालाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ । वार्षिक करिब रु तीन खर्बको कारोबार गर्ने निगमका लागि यो प्रणालीलाई व्यवस्थापन, पारदर्शिता र कार्यक्षमताका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सबै विभागको कारोबार एउटै प्रणालीमा इआरपी प्रणालीले निगमको बिक्री, वितरण, वित्त, लेखा, खरिद, भण्डारण, सम्पत्ति व्यवस्थापन तथा मानव संसाधनसम्बन्धी कामलाई एउटै सफ्टवेयरमा जोडेको छ । एउटा विभागले प्रविष्ट गरेको तथ्याङ्क अर्को विभागले तत्काल प्राप्त गर्न सक्ने भएकाले दोहोरो कामको अन्त्य, तथ्याङ्कको शुद्धतामा वृद्धि र छिटो निर्णय प्रक्रियामा सहयोग पुग्ने निगमको अपेक्षा छ । जर्मनीको एसएपी कम्पनीले विकास गरेको एसएपी बिजनेस वन प्रविधिमा आधारित यो प्रणाली एसएपी हाना डाटाबेसमा सञ्चालन हुन्छ । ठूलो परिमाणको तथ्यांक छिटो प्रशोधन गर्न सक्ने यस प्रणालीलाई बैंकिङ तथा डिपो सञ्चालनलगायत अन्य प्रणालीसँग पनि जोड्न सकिन्छ । प्रणाली सार्वजनिक इन्टरनेटबाट प्रत्यक्ष पहुँचयोग्य नभई आन्तरिक इन्ट्रानेटमार्फत सञ्चालन हुने व्यवस्था गरिएको छ । यसको तथ्याङ्क लिनक्समा आधारित सर्भरमा राखिएको छ । पहुँच नियन्त्रण, नेटवर्क सुरक्षा, गतिविधि अनुगमन, नियमित अद्यावधिक तथा सुरक्षा परीक्षणलाई समेत प्राथमिकता दिइएको निगमले जनाएको छ । कर्मचारीदेखि विमानमा इन्धन भर्नेसम्म डिजिटल इआरपी परियोजनाअन्तर्गत बिक्री तथा वितरण, मानव संसाधन सूचना प्रणाली, वित्त, सम्पत्ति, ट्रेजरी र लेखा व्यवस्थापनका प्रमुख प्रणाली सञ्चालनमा आएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको एकीकरणपछि कनेक्ट आइपीएसमार्फत हुने भुक्तानी सिधै इआरपी प्रणालीमा अद्यावधिक हुने व्यवस्था गरिएको छ । यसबाट निगमको आम्दानीतर्फको भुक्तानी प्रक्रिया डिजिटल बनेको छ । भारतीय आयल कर्पोरेसनसँग पनि जोडिँदै निगमले आफ्नो प्रणालीलाई भारतीय आयल कर्पोरेसन (आइओसी)सँग जोड्ने कामसमेत अघि बढाएको छ । दुई संस्थाबीचको प्रणाली एकीकरणको विकास तथा परीक्षण सम्पन्न भइसकेको छ । हाल आइओसीको मुम्बई कार्यालयबाट अन्तिम स्वीकृतिको प्रतीक्षा भइरहेको निगमले जनाएको छ । स्वीकृति प्राप्त भएपछि निगमले आइओसीमा स्वचालित खरिद आदेश पठाउन, ट्याङ्करको इन्डेन्ट स्वचालित रूपमा गर्न तथा आइओसीबाट जारी हुने बिजक वास्तविक समयमै आफ्नो प्रणालीमा प्राप्त गर्न सक्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली
Latest NewsJust now

नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्। पार्टी कार्यालयबाट फर्किने क्रममा ओली आज दिउँसो नातिसहित भाटभटेनी पुगेका हुन्। आकस्मिक पुगेका... ...

रातोपाटी
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व
Latest NewsJust now

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो । ...

कान्तिपुर
बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु
Latest NewsJust now

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु

म्याग्दी। म्याग्दीको बेनीमा रु दुई लाख २२ हजार २२२ पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा पाँच दिनसम्म... ...

रातोपाटी
आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प
Latest NewsJust now

आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प

सरकारले एक वर्ष नपुग्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएको छ। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउँदै प्रहरी प्रमुखको जिम्मेवारी मनोजकुमार केसीलाई दिएको छ।  गृहमन्त्री सुधन गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन्। बुधबार साँझै दर्ज्यानी चिह्न लगाएलगत्तै नवनियुक्त आईजीपी केसीले बदबहाली गरिसकेका छन्।  प्रधानमन्त्री वा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play