Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

तीन एसपीसहित ११ प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर, को कहाँ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन एसपीसहित ११ प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर, को कहाँ ?
Photo / Coverage: पर्दाफास

नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित ११ जना प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले केही प्रहरी अधिकृतको काज सरुवा गर्ने निर्णय गरेका हुन्। सरुवाअनुसार कार्जी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा ल्याइएको छ। उक्त शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ। एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत विशेष ब्युरोमा सरुवा गरिएको छ। त्यसैगरी, आठ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पनि जिम्मेवारी परिवर्तन गरिएको छ। डीएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालयको केन्द्रीय लेखा, तर्कराज पाण्डेलाई आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय र दानबहादुर थापालाई कर्मचारी प्रशासन शाखामा ल्याइएको छ। कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ। प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। यस्तै, अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा खटाइएको छ। प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार डीएसपी बम र बस्नेतलाई प्रहरी स्टाफ कलेजको तयारीका लागि कार्यबोझ कम हुने कार्यालयमा सरुवा गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु
OthersJust now

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक रूपमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण भएको आशंका गरिएको छ । दुर्घटनाबारे रुसी… ...

अनलाइन खबर
सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद
OthersJust now

सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते जिल्लाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेका सामान बरामद गरिएको हो। सशस्त्र प्रहरीले जिल्लाका विभिन्न सीमा नाकामा दिनरात… ...

अनलाइन खबर
पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट बर्खास्त, यस्तो छ कारण
OthersJust now

पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट बर्खास्त, यस्तो छ कारण

पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो । सूचनाअनुसार पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई कार्यालयमा हाजिर ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play