बैतडी । तिहार मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीका एक पुरुषको बाटोमै मृत्यु भएको छ। रोजगारीका लागि भारतमा रहेका पाटन नगरपालिका–६ का ४९ वर्षीय हरिश भण्डारीको बसमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो। महेन्द्रनगरबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०२ ००१ ख १०३१ नम्बरको बसमा भण्डारी सोमबार राति बेहोस अवस्थामा भेटिएका थिए। राति करिब १२ः३० बजे पाटन बजार पुगेको बसभित्र उनलाई बेहोस अवस्थामा देखेपछि तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो। पाटनमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी रेफर गरिएका भण्डारीलाई मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
तिहार मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीका भण्डारीको बाटोमै मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






