Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहारलक्षित सुरक्षाका लागि उपत्यकामा ८ हजार प्रहरी परिचालन, ड्रोनबाट समेत निगरानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारलक्षित सुरक्षाका लागि उपत्यकामा ८ हजार प्रहरी परिचालन, ड्रोनबाट समेत निगरानी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा करिब ८ हजार प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला चोरी, लुटपाट, डकैती, जुवातास, सट्टेबाजी तथा लागुऔषध र विस्फोटक पदार्थको अवैध कारोबार बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाका अनुसार चाडपर्वका समयमा नागरिकको आवतजावतसँगै व्यापारिक तथा आर्थिक कारोबार बढ्ने र कतिपय नागरिक घर छाडेर बाहिर जाने भएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरी परिचालन बढाइएको हो । उनका अनुसार तीनवटै जिल्लाका प्रहरी प्रमुखको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको छ । नियमित गस्तीलाई थप प्रभावकारी बनाउनुका साथै सादा पोसाकका प्रहरी, साइकल गस्ती, प्रहरीको पेट्रोलिङ टोली, सिआरभी तथा क्विक रेस्पोन्स टिम (क्युआरटी) लाई तयारी अवस्थामा राखिएको छ । ‘चाडपर्वका समयमा आम नागरिकको आवतजावत र आर्थिक कारोबार बढ्ने तथा कतिपय नागरिक घर छाडेर बाहिर जाने भएकाले सुरक्षा चुनौती पनि बढ्न सक्छ । त्यसलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालनलाई व्यापकता दिएका छौँ,’ प्रवक्ता थपलियाले भने । उनका अनुसार बढी आर्थिक कारोबार हुने व्यापारिक क्षेत्र तथा संवेदनशील स्थानमा सादा पोसाकका प्रहरी खटाइएको छ । त्यस्ता क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत निगरानी गर्नुका साथै आवश्यकताअनुसार ड्रोनबाट समेत सुरक्षा अवस्थाको अनुगमन भइरहेको छ । शंकास्पद गतिविधि नियन्त्रण गर्न कुकुरसहितको डग स्निफिङ र आकस्मिक चेकजाँचलाई पनि तीव्रता दिइएको छ । काठमाडौं उपत्यकाका महाराजगञ्ज, रत्नपार्क, कलंकी, कोटेश्वर, नयाँ बानेश्वर र सातदोबाटोलगायत प्रमुख नाकामा थप प्रहरी जनशक्ति रिजर्भमा राखिएको छ । आवश्यकताअनुसार आकस्मिक चेकजाँचसमेत गरिने प्रहरीले जनाएको छ । चाडपर्वका बेला उपत्यका भित्रिने र बाहिरिने यात्रुको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकतामा राखिएको छ । प्रहरीले मुख्य नाका तथा बसपार्कमा सवारी चालकको अवस्था जाँच गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरे÷नगरेको परीक्षण गर्ने र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरेर मात्र गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाएको छ । नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षा सेवा उपलब्ध गराउन उपत्यकाका विभिन्न स्थानमा यात्रु तथा नागरिक सहायता कक्षसमेत स्थापना गरिएका छन् । प्रहरी प्रवक्ता थपलियाका अनुसार सहायता कक्षमार्फत नागरिकले सुरक्षा समस्या तथा गुनासो राख्न सक्नेछन् । यसैगरी, विगतमा आपराधिक गतिविधि भएका स्थान र घटनाको अभिलेख अध्ययन गरी सम्भावित जोखिम क्षेत्र पहिचान गर्ने काम भइरहेको छ । रातिको समयमा शंकास्पद रूपमा हिँडडुल गर्ने व्यक्तिमाथि निगरानी तथा आवश्यक जाँच गरिने र आपराधिक गतिविधिमा संलग्न रहेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । तिहारका समयमा पटका तथा आतसबाजीजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्रीवितरण नियन्त्रण गर्न पनि प्रहरीले विशेष निगरानी बढाएको छ । हालसम्म ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको ६३ पोका विस्फोटक पदार्थ गोदाममा छापा मारेर बरामद गरिएको प्रवक्ता थपलियाले जानकारी दिए । उनका अनुसार पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार नियन्त्रणका लागि दैनिक रूपमा चेकजाँच भइरहेको छ । गम्भीर प्रकृतिका विस्फोटक पदार्थ बरामद भएमा कसुरको प्रकृतिअनुसार एक वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको उनले बताए । तिहारका अवसरमा हुनसक्ने जुवा, सट्टेबाजी, पटका पड्काउने, झैँझगडा तथा लागुऔषध ओसारपसारजस्ता गतिविधि नियन्त्रण गर्न विशेष प्रहरी टोलीसमेत परिचालन गरिएको छ । चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधिबारे सूचना संकलनलाई प्राथमिकता दिँदै प्रहरीले दिवा तथा रात्रिकालीन गस्ती र आकस्मिक चेकजाँचलाई थप प्रभावकारी बनाएको छ । प्रहरीले चाडपर्व मनाउने क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नागरिक सहायता कक्षमा जानकारी गराउन आग्रह गरेको छ । सुरक्षा सतर्कता अपनाउँदै निर्धक्क र सचेत भएर चाडपर्व मनाउन पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन
Latest NewsJust now

चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन

नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा पारेको छ।  प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्... ...

नेपालखबर
बालेन र गगनबीच किन चल्दैछ शीतयुद्ध ?
Latest NewsJust now

बालेन र गगनबीच किन चल्दैछ शीतयुद्ध ?

काठमाडाैं । केही दिनयता प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच एक प्रकारको राजनीतिक शीतयुद्ध सुरु भएको देखिन्छ। पछिल्ला केही घटनाक्रम, सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालमा आएका स्टाटस तथा एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका विवादास्पद समाचारलाई हेर्दा यी दुई नेताबीचको सम्बन्ध सामान्य राजनीतिक असहमतिमा मात्र सीमित नरहेको विश्लेषण गर्न सकिन्छ। यसका पछाडि सत्ता, संगठन, राजनीतिक भविष्य र नयाँ पुस्ताको ...

केन्द्रबिन्दु
सम्भावित आन्दोलन र सुरक्षा चुनौतीप्रति उच्च सतर्क रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
Latest NewsJust now

सम्भावित आन्दोलन र सुरक्षा चुनौतीप्रति उच्च सतर्क रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सम्भावित आन्दोलन, विरोध कार्यक्रम तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मातहतका सबै युनिटलाई उच्च सतर्कतासहित तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बिहीबार सशस्त्र प्रहरी बल,... ...

रातोपाटी
भीड नियन्त्रणमा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
Latest NewsJust now

भीड नियन्त्रणमा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति परिवर्तन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले भीड निन्त्रणका लागि बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्त व्यवहारमा ल्याउन जोड दिए । संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालय (यूएनआरसीओ) को आयोजनामा कार्तिक १७ देखि १९ गतेसम्म सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play