Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए
Photo / Coverage: पर्दाफास

काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकेको हो । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ । महानगरका अनुसार प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ । महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोनलगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ । त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ । महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानको प्रयोग गर्न अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन
OthersJust now

कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन

हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन् । दिउँसोको समयमा पनि यतिबेला हुम्लामा तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि बालविकास र कक्षा एकका विद्यार्थीहरुलाई खुला चौरमा पठनपाठन गराउँदै आएको बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रेमकला बुढाले बताइन् । यो वर्ष कात्तिक महिनामै दुई पटक जिल्लामा हिमपात भएको हुँदा ...

पर्दाफास
८०० करोड क्लबमा प्रवेश गर्ने पहिलो तमिल फिल्म बन्यो जेलर २
OthersJust now

८०० करोड क्लबमा प्रवेश गर्ने पहिलो तमिल फिल्म बन्यो जेलर २

काठमाडौं । साउथ सुपरस्टार रजनीकान्त अभिनित एक्सन कमेडी फिल्म जेलर २ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । विश्वभरबाट ८०० करोड भारु ग्रस कलेक्सन गर्ने यो पहिलो तमिल फिल्म बनेको छ। यसले आफ्नो पहिलो सातामा करिब ४०० करोड भारु कमाएको थियो । यसरी तमिल सिनेमाको इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गर्ने कीर्तिमान बनाएको जेलर २… ...

अनलाइन खबर
प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग
OthersJust now

प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग

१७ कात्तिक, धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास धनकुटालाई पाख्रिबास नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ । कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार नगरपालिकाले कलेजका ग्रिन हाउस बनाउनका लागि ५ लाख र सञ्चालन खर्चका लागि ५ लाख सहयोग गरेको हो । कलेजमा अध्ययन गर्ने… ...

अनलाइन खबर
दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै
OthersJust now

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै

१७ कात्तिक, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play