Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तिहारमा पनि रोकिएन विदेशिनेको लर्को

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा पनि रोकिएन विदेशिनेको लर्को
Photo / Coverage: पर्दाफास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन । यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे । उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए । ‘दुःख लागेको छ, तिहारको दिन जान परेको छ । पढाइ सकिएपछि अब जाउँ जस्तो लागेर जान लागेको छु,’ उनले भने । रोजगारीका लागि विदेश जानेमा परियार मात्र छैनन् परियार जस्ता नेपालीको लर्को नै लागेको छ । नेपालीको महान् चाड तिहारको तेस्रो दिन पनि विदेशिने नेपालीहरूको लर्को रोकिएको देखिएन । विमानस्थलमा देखिएको त्यही लर्कोको एक पात्र हुन् परियार । वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि सोमबारसमेत विदेशिनेहरूको चहलपहलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य भावुक बनेको थियो । चाडपर्वको समयमा परिवार र आफन्तसँग रमाइलो गर्दै तिहार मनाउने रहर हुँदाहुँदै पनि रोजगारी र अध्ययनका लागि विदेशिनुपर्ने धेरै नेपालीको बाध्यता छ । तिहारको उल्लासमय समयमा विमानस्थलमा देखिएका यस्ता दृश्यले परदेशिने नेपाली र उनीहरूका परिवारको भावनात्मक अवस्थालाई झल्काएको छ । विमानस्थल प्रशासनका अनुसार चाडपर्वका बेलामा विदेशिने नेपालीको संख्यामा थोरै कमी आएको जस्तो देखिए पनि बन्द नै भएको छैन । यस चाडपर्वको बेलामा पनि अध्ययन रोजगारी र अन्य व्यक्तिगत प्रयोजनका लागि नेपालीहरु विदेश गइरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना
OthersJust now

गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना

भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ । पोखरा महानगरपालिका-१६ दीपस्थित गोर्खा मेमोरियल म्युजियममा स्थापित उक्त ग्यालरीको हालै भारतीय राजदूतावासका डिफेन्स एटाचे कर्णेल भी शुब्रमण्यमले शुभारम्भ गरेका थिए । ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्बिर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play