Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

तिहारका लागि सावित्री कंचनजंगाले ल्यायो ३८ प्रकारका पूजासामग्रीसहितको ‘लक्ष्मी पूजा सामग्री सेट’

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारका लागि सावित्री कंचनजंगाले ल्यायो ३८ प्रकारका पूजासामग्रीसहितको ‘लक्ष्मी पूजा सामग्री सेट’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको सावित्री कञ्चनजंगा अगरबत्तीले तिहारलाई लक्षित गर्दै ‘लक्ष्मी पूजा सामग्री सेट’ बजारमा ल्याएको छ । पूजापाठ तथा धार्मिक कार्यका लागि आवश्यक सामग्री एउटै प्याकेजमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले उक्त सेट बजारमा ल्याएको हो । तिहारको प्रमुख पर्वका रूपमा रहेको लक्ष्मी पूजालाई विशेष र व्यवस्थित बनाउन आवश्यक पर्ने विभिन्न पूजासामग्री समेटेर कम्पनीले सेट तयार पारेको जनाएको छ । लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामग्री छुट्टाछुट्टै खरिद गर्नुपर्ने झन्झट कम गर्दै उपभोक्तालाई सहज सुविधा उपलब्ध गराउने उद्देश्य यस सेटको रहेको कम्पनीको भनाइ छ । सावित्रीको लक्ष्मी पूजा सामग्री सेटमा ३८ प्रकारका पूजासामग्री समावेश गरिएको छ । कम्पनीका अनुसार सेटमा गंगाजल, आरती पञ्चा, लक्ष्मीको फोटो, गोकुल धूप, रातो तथा सेतो कपडा, मखाना, काजु, बदाम, किसमिस, छोहरा, सौभाग्य, पञ्चपल्लव, जटामसी, भोजपत्र, फूलबत्ती, बेसार, सिंगो सुपारी, कमलगट्टा, कौडा, मौली धागो, मह, चामल, गहुँ, धनियाँ, मुंग दाल, सर्सों, तिल, सिन्दूर, कुमकुम, केशरी, अबिर, ल्वाङ, अलैंची, कपूर, अगरबत्तीलगायतका सामग्री समावेश गरिएका छन् । कम्पनीले परम्परागत विधिअनुसार लक्ष्मी पूजा गर्न आवश्यक पर्ने विभिन्न सामग्री एउटै सेटमा उपलब्ध गराउने प्रयास गरेको जनाएको छ । यसले उपभोक्तालाई पूजाका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्न सहज हुनुका साथै समयको समेत बचत गर्ने अपेक्षा गरिएको छ । सावित्री कञ्चनजंगाका उत्पादनहरू सुगन्धको विविधता र गुणस्तरका कारण उपभोक्तामाझ लोकप्रिय रहँदै आएका छन् । पूजापाठदेखि घरको वातावरणलाई सुगन्धित र आनन्दमय बनाउनसम्म उपयोगी विभिन्न प्रकारका अगरबत्ती तथा धूप उत्पादन गर्दै आएको कम्पनीले चाडपर्वको अवसरमा उपभोक्ताको आवश्यकता र सहजतालाई ध्यानमा राखेर नयाँ प्याकेज बजारमा ल्याएको हो । कम्पनीका अनुसार सावित्री कञ्चनजंगाका उत्पादन नेपालका ७७ वटै जिल्लामा उपलब्ध छन् । लक्ष्मी पूजा सामग्री सेटले तिहारको समयमा उपभोक्तालाई आवश्यक पूजासामग्री सहज रूपमा उपलब्ध गराउनुका साथै पर्वलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै
Latest NewsJust now

सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै

काठमाडौँ । नेपालमा बालबालिका, किशोर किशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन... ...

रातोपाटी
कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको छ। कीर्तिपुरमा भएको खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। कर्णालीका लागि अरिफुल इस्लामले सानदार ब्याटिङ गर्दै २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४४ रन बनाए। त्यस्तै, हुसेन तलतले ३० बलमा ४० रनको योगदान ...

केन्द्रबिन्दु
कर्णालीले काठमाण्डुलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

कर्णालीले काठमाण्डुलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई रनको लक्ष्य दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा... ...

रातोपाटी
कर्णालीविरुद्ध जितका लागि काठमाडौंलाई १८१ रन आवश्यक
Latest NewsJust now

कर्णालीविरुद्ध जितका लागि काठमाडौंलाई १८१ रन आवश्यक

नेपाल प्रिमियर लिगअन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजले १८१ रनको लक्ष्य पाएको छ।  टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो।   ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play