Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

ताप्लेजुङ बार एसोसिएसनको ८१ लाख लागतमा तीनतले भवन निर्माण

Share:WhatsAppFacebookX (Twitter)Telegram
ताप्लेजुङ बार एसोसिएसनको ८१ लाख लागतमा तीनतले भवन निर्माण
Photo / Coverage: हिमालय टाइम्स

ताप्लेजुङ । नेपाल बार एसोसिएसन ताप्लेजुङले विभिन्न दाताबाट सहयोग संकलन गरी आफ्नै तीनतले भवन निर्माण सम्पन्न गरेको छ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित जिल्ला अदालत परिसरमा ८१ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो। नवनिर्मित भवनको शनिबार नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले औपचारिक उद्घाटन गर्नुभयो। भवन निर्माणसँगै ताप्लेजुङका कानुन व्यवसायीले संस्थागत गतिविधि सञ्चालनका लागि आफ्नै पूर्वाधार पाएका छन्। भवनबाट नियमित छलफल, बैठक, पेशागत अन्तरक्रिया तथा कानुनी सहायता र सचेतनासम्बन्धी गतिविधि सञ्चालन गर्न सहज हुने नेपाल बार एसोसिएसन ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले बताउनुभयो। एसोसिएसनले जिल्ला अदालत परिसरमा २०८१ साल भदौदेखि भवन निर्माण सुरु गरेको थियो। भवन निर्माणले कानुन व्यवसायीको पेशागत हकहित संरक्षणका साथै स्वतन्त्र न्यायपालिका, मानवअधिकार, कानुनी शासन र नागरिकको न्यायमा पहुँचका विषयमा आवाज उठाउन थप सहज हुने केन्द्रीय अध्यक्ष मिश्रले बताउनुभयो। भवन निर्माणका लागि काठमाडौं तथा ताप्लेजुङका विभिन्न संघसंस्था र विभिन्न क्षेत्रका दाताबाट सहयोग संकलन गरिएको एसोसिएसनका सचिव सन्तोष प्रसाईंले जानकारी दिनुभयो। तीनतले भवन निर्माणमा ८१ लाख रुपैयाँ खर्च भएको एसोसिएसनका कोषाध्यक्ष भेषराज पौडेलले बताउनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित
Latest NewsJust now

विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा साना पाइला मोरङको सहयोगमा विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर नगर अस्पतालमा एक दिने निःशुल्क नाक, कान, घाँटी तथा दन्त स्वास्थ्य शिविर भएको... ...

रातोपाटी
२० स्वर्णको लक्ष्यमा एनआरएनए टिम
Latest NewsJust now

२० स्वर्णको लक्ष्यमा एनआरएनए टिम

कर्णाली प्रदेशमा औपचारिक उद्घाटनअघि १० खेलका प्रतियोगिता भइरहेको छ । पौडीमा जितेको पदकले नै एनआरएनए तालिकाको दोस्रो स्थानमा छ । ...

कान्तिपुर
विद्युत आपूर्तिमा अनियमितताको समस्या छिट्टै हट्छ : मन्त्री श्रेष्ठ
Latest NewsJust now

विद्युत आपूर्तिमा अनियमितताको समस्या छिट्टै हट्छ : मन्त्री श्रेष्ठ

नवराज नेपाली बागलुङ, मङ्सिर १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत अनियमितताको समस्या समाधानको लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले बागलुङमा समे... ...

गोरखापत्र
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष
Latest NewsJust now

तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष

काठमाडौँ । वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन् । नयाँ अध्ययनअनुसार यो जीनको भिन्नताले भाले लामखुट्टेलाई गर्मीमा बढी प्रजनन गर्न... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement