Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

तल्लो तहका प्रहरी कर्मचारीको गुनासो सुन्न प्रहरी प्रधान कार्यालयले बनायो टोली

Share:WhatsAppFacebookX (Twitter)Telegram
तल्लो तहका प्रहरी कर्मचारीको गुनासो सुन्न प्रहरी प्रधान कार्यालयले बनायो टोली
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रहरीले आधारभूत तहका कर्मचारीका समस्या, पिरमर्का र गुनासो सुन्न तथा सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीका गुनासो व्यवस्थापन गर्न प्रहरी प्रधान कार्यालयले छुट्टै टोली बनाएको हो। अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा गठित टोलीमा आठ जना प्रहरी कर्मचारी छन्। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गरी टोलीका सदस्यलाई जिम्मेवारी तोकिएको पत्रसमेत दिएका छन्। टोलीमा एसपी पुरीसँगै कार्य विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझा, कर्मचारी प्रशासन शाखाका प्रहरी निरीक्षक प्रकाश थापा, सुरक्षा सेवा व्यवस्था महाशाखाका प्रहरी निरीक्षक सञ्जिता श्रेष्ठ, कल्याण महाशाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक शान्तालक्ष्मी बलामी, अपराध अनुसन्धान विभागका प्रहरी सहायक निरीक्षक धर्मी यादव, सञ्चार निर्देशनालयका प्रहरी सहायक हवल्दार हरिबहादुर देउजा र विशेष कार्यदलका प्रहरी जवान विष्णु घिमिरे रहेका छन्। टोलीलाई आधारभूत तहका प्रहरी कर्मचारीका समस्या तथा गुनासो सुन्ने, अभिलेखीकरण गर्ने र प्राप्त गुनासो सम्बोधनका लागि सम्बन्धित कार्यालयसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी दिइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कर्मचारीका गुनासालाई समयमै सम्बोधन तथा व्यवस्थापन गर्ने उद्देश्यले टोली गठन गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’
Latest NewsJust now

१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’

बागलुङ । बागलुङ नगरपालिका–२ मा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष... ...

रातोपाटी
एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने
Latest NewsJust now

एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेताहरू विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बताएका छन् । दुई दिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै अध्यक्ष... ...

रातोपाटी
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय
Latest NewsJust now

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । प्राधिकरणले तोकिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play