Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तराईको तिहार 'सोहरैया'मा घर घरमा भित्ते चित्र : महिलाले धानेको परम्परा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तराईको तिहार 'सोहरैया'मा घर घरमा भित्ते चित्र : महिलाले धानेको परम्परा
Photo / Coverage: बीबीसी नेपाली

तिहार नजिकिँदै गर्दा रौतहटकी शान्ति देवी हरेक वर्ष बिहानैदेखि घरको आँगन र भित्ता सिँगार्न व्यस्त रहन्छिन्। आमा र हजुरआमाबाट सिँगार्ने सीप सिकेको उनी बताउँछिन्। उनका अनुसार भित्तामा कोरिने प्रत्येक आकृतिले प्रकृतिको सम्मान गरेको हुन्छ र जीवनको गतिशीलता झल्काउँछ।बर्खाको हिलो मैलो सकिएपछि घरलाई नयाँ रूप दिने परम्परा रहेको उनी बताउँछिन्। भित्तामा बाघ, हरिण, चराचुरुङ्गी, फूल र देवीदेवताका आकृति बनाइन्छन्।यस्ता चित्रले घर सुन्दर बनाउनुका साथै जीवन सधैँ रङ्गिन र उज्यालो रहोस् भन्ने विश्वास पनि बोकेका मानिसहरू बताउँछन्। खेतबारीमा धानका बाला झुलिरहँदा तिहार अर्थात् दीपावलीको रौनक नेपालका अन्य भागमा झैँ तराई मधेशमा पनि बढ्छ। घर सफा गर्ने, रातो–पहेँलो माटोले लिपपोत गर्ने र भित्तामा विभिन्न आकृति बनाउने चलन छ। 'विदेशबाट तक्मा आउँदा वा युवराजको जन्म हुँदा पनि जुवा खेलिन्थ्यो'तिहारमा धेरै प्रयोग हुने सयपत्री फूलको सांस्कृतिक र वैज्ञानिक महत्त्व पुस्तौँदेखि ग्रामीण महिलाले जोगाउँदै आएको यो परम्पराले तराईको मौलिक लोकसंस्कृति, जीवनशैली र प्रकृतिसँगको सम्बन्ध झल्काउँछ र घरको शोभा पनि बढाउँछ।तिहारलाई स्थानीय भाषामा 'सोहरैया' भनिन्छ। सोहरैयाको तयारी दशैँलगत्तै सुरु हुन्छ। घर लिपपोत र भित्ते चित्र तिहार पर्व कृषि कर्म र ग्रामीण जीवनशैलीसँग जोडिएको पाइन्छ। यो बेला घर आँगन, भकारी, कृषि औजार र पशुधनको सरसफाइ तथा सजावट गरिन्छ। घर सफा र स्वच्छ राख्दा लक्ष्मीको बास हुने जनविश्वास छ।यही मान्यताअनुसार माटोका घर लिपपोत गर्ने र भित्तामा विभिन्न आकृति बनाउने परम्परा पुस्तौँदेखि चल्दै आएको छ। सर्लाहीकी विन्दु देवीका लागि भने यो परम्परा धार्मिक आस्था र शुभ साइतसँग पनि जोडिएको छ। दीपावलीमा माता लक्ष्मीलाई घरमा भित्र्याउन भित्ताहरू चिटिक्क पार्ने चलन रहेको उनी बताउँछिन्। उनका अनुसार विभिन्न आकृतिले शुभ कार्यको सुरुआत, सद्भाव र शान्त वातावरणको सङ्केत गर्छन्। यी चित्र घरको सजावट मात्र नभई कुल परम्परा र शुभ दिनको आगमनका प्रतीक पनि हुन्।भोजपुरी प्रतिष्ठानकी अध्यक्ष एवं सांस्कृतिक विषयकी जानकार अनिता साहका अनुसार सोहरैया पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व घर लिपपोत र भित्ते चित्रसँग गहिरो रूपमा जोडिएको छ। दीपावलीअघि घर आँगन सफा गर्ने, माटो र गोबरले लिपपोत गर्ने तथा विभिन्न आकृतिले घर सिँगार्ने चलन पवित्रता, सद्भाव र समृद्धिको कामनासँग सम्बन्धित छ। गोबरलाई पवित्रताको प्रतीक मानिन्छ। काँचो माटोका घर, भित्ता र आँगनमा गोबर तथा मसिनो माटो मिसाएर लिपपोत गर्ने परम्परा छ। यसले घर स्वच्छ राख्ने र कीटाणु नियन्त्रणमा सहयोग पुग्ने जनविश्वास पनि रहेको साह बताउँछिन्।उनका अनुसार भित्तामा बनाइने चित्र तराई–मधेशको मौलिक कला, संस्कृति र जीवनशैलीका अभिव्यक्ति हुन्। तिनमा प्रकृति, पशुपन्छी, कृषि र धार्मिक आस्थासँग सम्बन्धित विषय समेटिन्छन्। जसलाई यो शताब्दीकै आरम्भको दशैँ स्मरण छप्रहरीका तालिमप्राप्त कुकुर सेवानिवृत्त भएपछि लिलाममा, कसले कसरी लिन पाउँछन्? संस्कृति मेटिने चिन्तामहिलाहरूले आफ्नो सीप र सृजनशीलतामार्फत् पुस्तौँदेखि यो परम्परा जोगाउँदै आएका छन्। तर आधुनिक घर निर्माण र बदलिँदो जीवनशैलीका कारण यसको अभ्यास घट्दै गएकोमा उनी चिन्तित छिन्।रौतहटका ७५ वर्षीय बिकु पासवान पनि यसलाई पुर्खादेखि चल्दै आएको संस्कृति मान्छन्। उनका अनुसार पहिले गाउँभरिका घर माटो, खर र बाँसका हुन्थे। दीपावली र छठका बेला पूरै गाउँ खुला चित्रशालाजस्तै देखिन्थ्यो। महिलाहरू समूह बनाएर जङ्गल र खोला किनारबाट विभिन्न रङका माटो ल्याउँथे। आपसमा मिलेर घर सिँगार्ने गर्थे। यसले गाउँमा सद्भाव, भाइचारा र एकता बढाउँथ्यो। आफ्नो पुर्खाको कलामा पहिचान र आत्मा गाँसिएको उनको भनाइ छ। अहिले पनि यो परम्परा कायम राख्ने प्रयास गरिरहेको उनी बताउँछन्। तर पक्की घर बनाउने होडले संस्कृति नै हराउने हो कि भन्ने चिन्ता उनलाई पनि लागेको छ।रङ्ग पनि प्राकृतिक पर्साकी ममता देवी भने भित्ते चित्रमा प्रयोग हुने प्राकृतिक रङको विशेषता सुनाउँछिन्। उनका अनुसार पहेँलो र रातो माटो, चुलोको कालो धुवाँ र खरानी मिसाएर रङ तयार गरिन्छ। कतिपय ठाउँमा रूखका बोक्रा, पात र बेसारको रस पनि प्रयोग हुन्छ। प्रकृतिबाटै प्राप्त हुने यस्ता रङ बजारमा पाइने रासायनिक रङभन्दा मौलिक र वातावरणमैत्री हुने उनको भनाइ छ। तर पछिल्लो समय बजारिया रङको प्रयोग बढ्दा माटोको मौलिक सुगन्ध हराउँदै गएको उनी बताउँछिन्।महोत्तरीकी सञ्जु देवी आधुनिक घर निर्माणले यो कलामाथि चुनौती थपेको बताउँछिन्। गाउँ गाउँमा सिमेन्ट र इँटाका पक्की घर बढेसँगै माटोका घर र भित्तेचित्र हराउँदै गएका छन्। सिमेन्टका चिल्ला भित्तामा परम्परागत चित्र बनाउन कठिन हुन्छ। नयाँ पुस्ताका छोरी बुहारीमा पनि यो सीप सिक्ने रुचि घट्दै गएको उनको चिन्ता छ। बालबालिकालाई अहिले नै यो कला नसिकाए केही वर्षपछि भित्तेचित्र इतिहासमा मात्र सीमित हुन सक्ने उनी बताउँछिन्।सांस्कृतिक विषयकी जानकार साह पनि यस्ता मौलिक परम्पराको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताउँछिन्। घर लिपपोत र भित्ते चित्रले ग्रामीण जनजीवनमा कला, संस्कृति र आपसी सद्भावलाई जीवन्त राखेका छन्। त्यसैले नयाँ पुस्तालाई यसको महत्त्व बुझाउँदै अभ्यासलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ। पटका सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो यसको इतिहास के होलागुपदार्थ खोजीमा अब्बल ठहरिएको 'घुङ्ग्रू' कुकुर बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि
Latest NewsJust now

तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुर । घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट... ...

रातोपाटी
गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
Latest NewsJust now

गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

अस्मिता सिंखडागोरखा, कात्तिक २१ गते । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–८, माथिल्लो खोलखोलेस्थित गैरी चौतारामा ग. प्र. ०३–००१ प ०८१० नम्बरक... ...

गोरखापत्र
तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी
Latest NewsJust now

तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका बेला उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ। तिहार तथा छठ पर्वका समयमा विद्युत् ... ...

नेपालखबर
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
Latest NewsJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

• चर्चित कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारको अवसरमा २३औँ काग सम्मेलन काठमाडौंमा आयोजना गरेका छन्। • सम्मेलनको उद्देश्य काग तिहारको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्नु र नेपाली मौलिक परम्पराको संरक्षण गर्नु हो। • दुलालले कागको आवाज निकाल्न सक्ने विशेष खुबीका साथ १७३ प्रकारका जनावर र चराचुरुङ्गीको आवाज पनि प्रस्तुत गर्दै आएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play