Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

ढाकामा भारतीय फुटबल टोलीलाई होटलको सकस, व्यवस्थापनमाथि प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
ढाकामा भारतीय फुटबल टोलीलाई होटलको सकस, व्यवस्थापनमाथि प्रश्न
Photo / Coverage: हिमालय टाइम्स

ढाका । साफ पुरुष च्याम्पियनसिप खेल्न बंगलादेशको राजधानी ढाका पुगेको भारतीय फुटबल टोलीले सुरुमै असहज परिस्थिति सामना गर्नुपरेको छ । आयोजकले होटल व्यवस्थापनमा लापरबाही गरेको भन्दै भारतीय पक्षले असन्तुष्टि जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार ढाका पुगेको भारतीय टोलीलाई सुरुमा गुल्शन एभेन्युस्थित होटलमा राख्ने व्यवस्था गरिएको थियो । तर, टोली होटल पुग्दा बुकिङ नै नभएको भन्दै खेलाडीलाई कोठा उपलब्ध गराइएन । दिउँसो २ः१५ बजे ढाका अवतरण गरेको टोलीले अपराह्न ५ बजेसम्म पनि होटलको कोठा पाउन सकेन । लामो समय होटलमै अलमलिनुपरेपछि अन्ततः भारतीय टोलीलाई अर्को होटलमा स्थानान्तरण गरिएको थियो । प्रतियोगितामा सहभागी हुन पुगेको टोलीले सुरुमै भोग्नुपरेको यो समस्याले आयोजकको व्यवस्थापनमाथि प्रश्न उठाएको छ । मैदानबाहिरको यो असहजताका बीच भारत भने प्रतियोगितामा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । भारतले सन् २०२३ मा बेंगलुरुमा सम्पन्न फाइनलमा कुवेतलाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक भारतको लक्ष्य दशौँपटक च्याम्पियन बन्ने रहेको छ । यद्यपि, भारतले यसपटक प्रतियोगितामा युवा खेलाडीलाई प्राथमिकता दिएको छ । भारतीय फुटबल महासंघले नै टोलीमा समावेश २८ खेलाडी दोस्रो रोजाइका रहेको पुष्टि गरेको छ । टोलीको मुख्य प्रशिक्षकमा यू-२३ टिमका प्रशिक्षक नौशाद मुसा हुनुहुन्छ भने बिबियानो फर्नान्डेज सहायक प्रशिक्षकको भूमिकामा हुनुहुन्छ । भारतको सिनियर राष्ट्रिय टोली अहिले न्युजिल्याण्ड भ्रमणमा रहेकाले पनि साफका लागि बलियो टोली उपलब्ध छैन । सिनियर टोलीले नोभेम्बर १२ र १५ मा न्युजिल्याण्डसँग खेल्ने तालिका छ । अर्कोतर्फ, इण्डियन सुपर लिग सञ्चालन भइरहेकाले क्लबहरूले पनि आफ्ना खेलाडी रिलिज गरेका छैनन् । यही कारण भारतले सुरुमा १८ खेलाडीमात्रै ढाका पठाएको हो । बाँकी १० खेलाडीलाई केही दिनपछि बंगलादेश पठाउने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साफ पुरुष च्याम्पियनसिपको १५औँ संस्करण नोभेम्बर ५ देखि १७ सम्म ढाकामा आयोजना हुँदैछ । यसपटक नियमित सहभागी नेपाल भने प्रतियोगितामा सहभागी छैन । फिफाको प्रतिबन्धका कारण नेपालले सहभागिता जनाउन नपाएको हो । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रेल सेवा व्यवस्थित गर्न माग
Latest NewsJust now

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक,... ...

रातोपाटी
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
Latest NewsJust now

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला... ...

रातोपाटी
पोखरामा सयपत्री पुष्प मेला सुरु
Latest NewsJust now

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की । पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले... ...

रातोपाटी
बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह
Latest NewsJust now

बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच पछिल्लो समय निकट सम्बन्ध देखिएको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play