डोल्पा । सुरुङ खनेर डोल्पाको दुनैस्थित कारागारबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार प्रहरी नायब उपरीक्षक अनिलराज गिरीको कमान्डमा खटिएको टोलीले त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँ नजिकैको जंगलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन्। कारागारबाट फरार भएका कैदीमध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन् भने बाँकी दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






