Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

डिजिटल लतविरुद्ध इयुको नयाँ नियम

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल लतविरुद्ध इयुको नयाँ नियम
Photo / Coverage: टेक्नोलोजी खबर

अनलाइन प्लेटफर्मले प्रयोगकर्तालाई लामो समय अल्झाउने र अनावश्यक खर्च गराउने सुविधामाथि नियन्त्रण गर्न युरोपेली सङ्घ (इयु) ले नयाँ नियम ल्याउने भएको छ। प्रस्तावित नियमले भ्रामक विज्ञापन, अनलाइन खेल र कारोबारमा पारदर्शिता बढाउँदै प्रयोगकर्तालाई डिजिटल लत लगाउने सुविधा बन्द गर्न सहज बनाउनेछ। ‘डिजिटल फेयरनेस एक्ट’ नामक प्रस्तावित कानूनअनुसार नियम उल्लङ्घन गर्ने ठूला कम्पनीलाई वार्षिक कारोबारको छ प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ। प्रयोगकर्तालाई झुक्याएर खरिद वा सेटिङ परिवर्तन गर्न लगाउने अभ्यासमा प्रतिबन्ध लगाउनुका साथै प्रभावशाली व्यक्तिमार्फत गरिने विज्ञापन स्पष्ट खुलाउनुपर्नेछ। बालबालिकालाई अनलाइन खेलमा पैसा खर्च गरेर जित्ने सुविधा दिन रोक लगाइने र खेलभित्र प्रयोग हुने भर्चुअल मुद्राको वास्तविक मूल्य देखाउनुपर्ने प्रस्ताव छ। निःशुल्क परीक्षण अवधि सकिनुअघि शुल्कबारे जानकारी दिनुपर्ने तथा माग गरेमा मानव ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गर्न पाउने व्यवस्था पनि गरिनेछ। इयुका अनुसार अनुचित डिजिटल अभ्यासबाट उपभोक्ताले वार्षिक एक हजार तीन अर्ब युरोसम्म गुमाउने गरेका छन् । लोकप्रिय अनलाइन प्लेटफर्ममध्ये ९७ प्रतिशतले प्रयोगकर्तालाई झुक्याउने खालका अभ्यास अपनाएको उपभोक्ता संरक्षण प्रमुख माइकल म्याकग्राले बताए। यद्यपि, प्रस्तावित नियम पर्याप्त नभएको भन्दै आलोचना पनि भएको छ। फाइनान्स वाचले जोखिमपूर्ण लगानी प्रवद्र्धन गर्न प्रभावशाली व्यक्तिको प्रयोग रोक्ने पर्याप्त व्यवस्था नभएको जनाएको छ। उपभोक्ता अधिकारकर्मीहरूले भने नियम प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । रासस\एएफपी The post डिजिटल लतविरुद्ध इयुको नयाँ नियम appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईको विकास गति सुस्त बनाउन आह्वान भइरहेका बेला विकासलाई तीव्र बनाउँदै एन्थ्रोपिक: रिपोर्ट
TechnologyJust now

एआईको विकास गति सुस्त बनाउन आह्वान भइरहेका बेला विकासलाई तीव्र बनाउँदै एन्थ्रोपिक: रिपोर्ट

एन्थ्रोपिकले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको विकास एक वर्षअघिको तुलनामा झन्डै दोब्बर गतिमा गरिरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले प्रविधिको विकास गति सुस्त बनाउन आह्वान गरिरहेका बेला यस्तो तथ्य सार्वजनिक भएको हो। स्वतन्त्र अनुगमन समूहले बिहीबार सार्वजनिक गरेको विश्लेषणमा यस्तो उल्लेख गरिएको छ। एन्थ्रोपिकले वाल स्ट्रिटमा सेयर निष्कासन गर्ने तयारी गरिरहेका बेला क्यालिफोर्नियाको बर्कलीमा रहेको गैरनाफामूलक संस्था मोडल इभ्यालुएसन ...

टेक्नोलोजी खबर
ओपनरिचको फाइबर इन्टरनेट कनेक्सन एक करोड पुग्यो
TechnologyJust now

ओपनरिचको फाइबर इन्टरनेट कनेक्सन एक करोड पुग्यो

ओपनरिचको फाइबर इन्टरनेट कनेक्शनको सङ्ख्या एक करोड पुगेको छ। बेलायतको दूरसञ्चार कम्पनी बीटीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उसको नेटवर्क शाखा ओपनरिचले गत महिना पूर्ण फाइबर इन्टरनेटमा जोडिएका घर तथा व्यावसायिक प्रतिष्ठानको संख्या एक करोड पुर्‍याएको छ। कम्पनीले अपेक्षाभन्दा राम्रो वित्तीय नतिजा सार्वजनिक गरेपछि उसको सेयर मूल्य पनि बढेको छ। बेलायतको प्रमुख दूरसञ्चार कम्पनी बीटीले दोस्रो त्रैमासिकको वित्तीय नतिजा सार्वजनिक गर्दै आफ्नो ...

टेक्नोलोजी खबर
गुगलले क्रुसोसँग किन्यो अमेरिकाको वायोमिङमा रहेको डाटा सेन्टर
Technology50m ago

गुगलले क्रुसोसँग किन्यो अमेरिकाको वायोमिङमा रहेको डाटा सेन्टर

अमेरिकी प्रविधि कम्पनी गुगलले वायोमिङ राज्यमा आफ्नो पहिलो डाटा सेन्टर निर्माण गर्ने भएको छ। कम्पनीले बिहीबार यस परियोजनामा लगानी गर्ने घोषणा गरेको हो। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत गुगलले नयाँ डाटा सेन्टर बनाउन लागेको हो। अमेरिकाका केही क्षेत्रमा डाटा सेन्टर निर्माणले विद्युत् खपत, पानीको प्रयोग र वातावरणीय प्रभाव बढाउने भन्दै विरोध भइरहेका बेला कम्पनीले यो परियोजना अघि बढाएको ...

टेक्नोलोजी खबर
पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड
Technology1h ago

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज यहाँस्थित नेपाल पेभिलियनमा आयोजित ‘भोटेकोसीदेखि उत्थानशीलतासम्मः नेपालमा समावेशी बहुप्रकोप पूर्वसूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा सहभागी वक्ताले पूर्वसूचना प्रणालीको पहुँच, प्रविधि, संस्थागत समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play