Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

डलरको भाउ घट्यो, युरो र पाउन्डको भाउ बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
डलरको भाउ घट्यो, युरो र पाउन्डको भाउ बढ्यो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा थियो। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८७ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७५ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०२ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ०५ पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
Latest NewsJust now

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही हिमाली तथा पहाडी स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्छ। ...

कान्तिपुर
विदेशबाट फर्किएर आफ्नै गाउँको चौँरीगोठमा भविष्य खोज्दै पासाङ
Latest NewsJust now

विदेशबाट फर्किएर आफ्नै गाउँको चौँरीगोठमा भविष्य खोज्दै पासाङ

रसुवा, कात्तिक १९ गते । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ... ...

गोरखापत्र
सञ्चार माध्यमका सामाजिक सञ्जाल अनुगमनको दायरामा
Latest NewsJust now

सञ्चार माध्यमका सामाजिक सञ्जाल अनुगमनको दायरामा

काठमाडौँ, कात्तिक १९ गते । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्‍जालका समाचारमूलक पेज तथा च्यानललाई पनि अब अनुगमन गर्ने भएको छ । काउन्सिलको अधिकारक्षेत्र विस्तार हुने गरी सरकारले मौजु... ...

गोरखापत्र
अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ?
Latest NewsJust now

अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ?

वासिङ्टन । डेमोक्रेटिक पार्टीले (माथिल्लो सदन) सिनेट र तल्लो सदन (प्रतिनिधिसभा) मा बहुमत ल्याएसँगै अमेरिकी राजनीति कसरी अघि बढ्छ भन्ने विषयमा धेरैले चासो दिइरहेका छन् । किनकि, अमेरिकामा अहिले सत्तारुढ रिपब्लिकन पार्टीले संसद्‍का दुबै सदनमा बहुमत गुमाएको छ । बजेट पासदेखि निति-निर्माण र त्यसको कार्यान्वयनमा संसद्‍मा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक हुन्छ । देशको कार्यकारी प्रमुख र सेनाको कमान्डर इन चिफ भएकाले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play