Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ट्रम्पवादको ओरालो यात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पवादको ओरालो यात्रा
Photo / Coverage: हिमालय टाइम्स

नमागिएको सल्लाह :कानुनी, नैतिक, समतामुखी र न्यायपूर्ण पक्षलाई विल्कुल बेवास्ता गरी मनमौजी शासन प्रणाली सञ्चालन गर्नु र विश्व व्यवस्थामाथि अहंकारपूर्ण हस्तक्षेप गरी मत्स्यन्याययुक्त विश्व व्यवस्था स्थापनालाई प्राथमिकता दिनु ट्रम्पवाद हो । यो ट्रम्पवादको कारण विश्वमा मानवता कमजोर भइरहेको छ । प्रजातान्त्रिक संस्थाहरू तहसनहस भएका छन् । देशहरूको सार्वभौमिकता अपमानित र अतिक्रमित भइरहेको छ । लेकप्रियतावादको गजब विशेषता हो । यो छोटो समयका लागि मलिलो बारीको मुलाझैँ मौलाउँछ भने दीर्घकालमा कीरा लागेको आँप झरे जसरी यसको विनास हुन्छ । यसको उदाहरण हेर्न अन्यत्र जानु पर्दैन । हालैका केही साताभित्र भएका विभिन्न देशका चुनावलाई विश्लेषण गरियो भने निष्कर्षमा पुग्न सकिन्छ । सुरु गरौं : इजरायलको चुनावबाटट्रम्पका मित्र बेन्जामिन नेतान्याहुका लागि यो चुनाव अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमण र त्यसपछिको इजरायलको प्रत्याक्रमणजन्य कारबाहीको जनमत संग्रहजस्तै थियो । चुनावमा नेतान्याहुको पार्टी सबैभन्दा ठूलो दल र उनको गठबन्धन ४८ विरुद्ध ५३ सिटको अग्रताले ठूलो गठबन्धन त बन्यो तर १२० सिटको संसद्मा बहुमत पाउनसक्ने हैसियतमा रहेन । अरब समर्थक पार्टीहरूले १९ सिट पाएको कारण निर्णायक हैसियत यी पार्टीहरूको हुने अवस्था बन्यो । नेतान्याहुलाई टक्कर दिएका नेतान्याहुकै एक कार्यकालका सेनाप्रमुख गादी आइजेनकोटको यसर पार्टीलाई अरब समर्थक पार्टीको समर्थन लिएर सरकार बनाउने अवसर आएको छ तर ती पार्टीको समर्थन लिएर सरकार बनाउदा सन्देश राम्रो नजाने र जनविश्वास घट्ने डरले उनले निर्णयमा पुग्नुअघि केही शर्त राखेका छन् । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलको चुनावमा ट्रम्प समर्थित पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो पराजित भएका छन् । वाम विचाराधाराका बयोवृद्ध नेता लुइज इनासियो लुला दा सिल्भासँग अप्रत्याशित रूपमा पराजित भएपछि सर्वोच्च अदालतले राहदानी जफत गर्न आदेश दिइसकेको छ । उनलाई ९० करोड ५० लाख डलरको सम्पत्ति शुद्धीकरण छानबिनका सन्दर्भमा राहदानी बुझाउँन म्याद तोकिएको छ । इजरायलको आन्तरिक राजनीतिको समस्या समाधान हुँदै गर्ला, एउटा कुरा के स्पष्ट छ भने नेतान्याहु र आइजोनकोटले सत्ता साझेदारी नगर्ने हो भने नेतान्याहु सत्ताबाट बहिर्गमन हुने अवस्था बनेको छ । सुरुवाती गणनामा नेतान्याहुको गठबन्धनको अग्रता देखिँदा मेरो समर्थनले यो सफलता मिलेको हो भनेर सस्तो जस लिन खोज्ने ट्रम्पका लागि यो ठूलो झट्का बनेको छ । नेतान्याहुको सट्टा आइजेनकोट शासनमा पुग्दैमा इज्रायलमा अमेरिकी प्रभाव कम होला भनेर आँकलन त गर्न सकिन्न तर के भन्न सकिन्छ भने अरब पार्टीको समर्थनमा सरकार बनेको अवस्थामा पहिलेको जस्तो मनमौजी अवस्था भने रहने छैन । इज्रायलको आक्रामक रवैयामामा केही ब्रेक लाग्नेछ । स्पस्ट छ–आइजेनकोट पनि अमेरिकी सरसल्लाह भन्दा बाहिर जान सक्नेछैनन् । यहुदी वर्चस्व भएको इजरायली राज्य व्यवस्थाको रक्षा गर्नु उनको पनि प्राथमिकताको विषय हुनेछ । चर्चा गरौं ब्राजिलको चुनावकोल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलको चुनावमा ट्रम्प समर्थित पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो पराजित भएका छन् । वाम विचाराधाराका बयोवृद्ध नेता लुइज इनासियो लुला दा सिल्भासँग अप्रत्याशित रूपमा पराजित भएपछि सर्वोच्च अदालतले राहदानी जफत गर्न आदेश दिइसकेको छ । उनलाई ९० करोड ५० लाख डलरको सम्पत्ति शुद्धीकरण छानबिनका सन्दर्भमा राहदानी बुझाउँन म्याद तोकिएको छ । उनी संयुक्त राज्य अमेरिका गएको बताइए तापनि उनी र उनको परिवार कहाँ छ भन्ने विषय अहिलेसम्म स्पष्ट भएको देखिँदैन । उनी निर्वाचनमा पराजित हुनासाथ देशबाट पलायन हुने अवस्था हुनुभनेको मुलुकका लागि राम्रो विषय होइन । यसले देशभित्र द्वन्द्व निम्तिने र त्यस द्वन्द्वको कारण विदेशी शक्तिलाई चलखेल गर्न सजिलो हुने अवस्था रहन्छ । जसको कारण मुलुकको अर्थतन्त्र कमजोर हुन्छ नै मुलुकको सार्वभौमिक अस्तित्वमाथि आँच आउने अवस्था बन्नसक्दछ । जायर बोल्सेनारोको २७ वर्षे नजरबन्दलाई ट्रम्पले ‘विच हन्ट’ भने तापनि उनी कानुनी कठघरामा छन् । उनी र उनका पितालाई ट्रम्पको दरो समर्थन भए तापनि पराजय भोग्नुपरेको अवस्थाले ट्रम्पवादको नांगो हस्तक्षेप अधोगति उन्मुख भएको भन्न सकिन्छ । सर्बियामा ‘स्टुडेन्ट लिष्ट’ को उभारसर्बियामा विद्यार्थी आन्दोलनको कारण अलेक्साण्डर भुचिचको १४ वर्ष लामो दक्षिणपन्थी शासनको अन्त्य भएको छ । रेल्वे स्टेसनमा क्यानोपी भत्केको कारण १६ जनाको मृत्यु भएपछि भ्रष्टाचारको कारण गुणस्तरीयता कमजोर भएको भनेर सुरु भएको विद्यार्थी आन्दोलन, राजनीतिक आन्दोलन हुँदै चुनावी मोर्चामा परिणत भयो । कुनै नेता र खास नीति नभएको स्टुडेन्ट लिष्टले २५० सिटको संसदमा १३९ सिट प्राप्त गर्‍यो भने बुचिचको गठबन्धनले १०५ सिटमात्र । विद्यार्थी नेताहरूले मुटुरोग विशेषज्ञ डा.इलिया सदानोभिचको नेतृत्वमा प्राध्यापक, कलाकार, खेलाडी र किषानहरूको समावेशी सूची बनाएर चुनावमा होमिएकोमा सबै विजयी भएका छन् । पुराना शासक बुचिच रुस, चीन, अमेरिकाबीच रणनीतिक सन्तुलन गरेर अर्को नयाँ विश्व व्यवस्थाको पक्षमा थिए भने स्टुडेन्ट लिष्टलाई युरोपियन युनियनतिर झुकाव राख्ने मानिन्छ । बुचिचको पराजय र स्टुडेन्ट लिष्टको उदय पनि ट्रम्पवादको ओरालो यात्राको संकेत हो भन्नलाई कठिन छैन । संयुक्त राज्य अमेरिका विश्वका सबै देशका नागरिकका लागि सपनाको देश हो । त्यो देश बनाउँन त्यहाँका नागरिक शरह प्रवासीहरूको पनि भूमिका छ । कामका लागि अमेरिकालाई अरू देशका नागरिक चाहिएको छ भने सम्पन्न जीवन यापनका लागि अन्य देशका नागरिकलाई अमेरिका रोजाइमा परेको छ । अब चर्चा गरौं हालै सम्पन्न अमेरिकी संसदीय चुनावकोट्रम्पले आफूले ठानेको विश्व दिग्विजयको जनमतसंग्रह थियो, यो चुनाव । विश्व सम्राटको मार्गमा बढेका ट्रम्पलाई तानाशाह बनाउँने कि प्रजातन्त्रिक लगाम लगाउने भन्ने परीक्षा पनि थियो । यो परीक्षामा अमेरिकी जनताले विवेकपूर्ण निर्णय गरेका छन् । रिपब्लिकन पार्टीका परम्परागत किल्ला तोडिएका छन् । मत सर्वक्षणलाई पनि पछि पार्दै ५० सदस्यीय सिनेट र ४३७ सदस्यीय अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको स्पष्ट बहुमत पुगेको छ । ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई तलमाथि गर्न यो चुनावले सक्ने छैन । ट्रम्पका नीतिमा लगाम लगाउन भने सक्नेछ । राष्ट्रपति ट्रम्पसँग भिटो प्रयोग गर्ने शक्ति हुनेछ तर सधैं संसद्लाई पेलेर जान सजिलो हुनेछैन । ट्रम्पले निर्वाचन परिणामलाई अस्वीकार गर्ने सम्भावना रहने अनुमान गरिएको थियो तर त्यसो भएन । उनले परिणामलाई स्वीकार गर्दै मिलेर काम गर्ने भनेर सन्तुलित प्रतिक्रिया दिएका छन् । यसका केही मुख्य कारण छन् । पहिलो, जनमतलाई कदर गरिएन भने आगामी राष्ट्रपतीय चुनावसमेतमा नराम्रो प्रभाव हुनेछ । दोस्रो, इरान, भेनेजुएलाजस्ता देशसँग युद्धको जस्तो अवस्था छ । घरेलु मामिला कमजोर भएको अवस्थामा अरूसँगको युद्ध पनि कमजोर हुने निश्चित छ । तेस्रो, युरोपमा सल्किएको युवाहरूको हिंसात्मक आन्दोलन । अमेरिकी जनताले संयम राखेर मतदानबाट सन्देश दिएका छन् । सुधार भएन भने त्यो आगो अमेरिकामा नसल्किएला भन्न सकिँदैन । आफू र आफन्तको नाममा निजी सम्पत्ति बढाउन जेजस्तो सम्झौता गर्न तयार रहने व्यवसायी ट्रम्पलाई आफ्नो सम्पत्ति आक्रामक पर्दर्शनकारीको आक्रोशमा पर्नसक्ने सम्भावनाले पनि झस्काएको नहोला भन्न सकिँदैन । चौथो : इज्रायलमा नेतान्याहुको घट्दो प्रभावका कारण ऊसँग गर्नुपर्ने व्यवहार । पाँचौ : जनमत गुमाएका कमजोर ट्रम्पसँग विश्व नेताहरू टाढिने अवस्था । निर्वाचन परिणामलाई स्वीकार गर्ने कथन व्यवहारमा लागू भयो भने बितेका दुई वर्ष जसरी विश्व व्यवस्थामा विचलन आयो, प्राजातान्त्रिक र मानवीय संस्थाहरू कमजोर भए त्यसमा सुधार हुनेछ । ट्रम्पवादको अनुदार पुँजीवादबाट विश्वले त्राण पाउनेछ । यस चुनाव परिणामलाई कदर गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम बन्द गर्नुपर्दछ । साना देशको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरिनुपर्दछ । संयुक्त राष्ट्रसंघ जस्ता विश्वशान्तिका प्रतीक संस्थाहरूलाई पुनर्जीवन दिनुपर्दछ । औद्योगिक राष्ट्रले उत्सर्जन गरेको कार्बनका कारणले नेपालजस्ता साना देशले भोगिरहेको आर्थिक र मानवीय क्षति कम गर्न कार्बन उत्सर्जनलाई सीमामा राख्ने र प्रकृति खल्बलिएको कारण आउने विपद्ले गरेको क्षतिको परिपूरण गर्ने कामलाई गम्भीरतापूर्वक लिन जरुरी छ । संयुक्त राज्य अमेरिका विश्वका सबै देशका नागरिकका लागि सपनाको देश हो । त्यो देश बनाउन त्यहाँका नागरिक शरह प्रवासीहरूको पनि भूमिका छ । कामका लागि अमेरिकालाई अरू देशका नागरिक चाहिएको छ भने सम्पन्न जीवनयापनका लागि अन्य देशका नागरिकलाई अमेरिका रोजाइमा परेको छ । अमेरिकी स्वतन्त्र समाज, नागरिकको सभ्य व्यवहार, रोजगारी, स्तरीय अध्ययन, सामाजिक सुरक्षा, आकर्षक पूर्वाधार, शिक्षा र स्वास्थ्यमा सहज पहुँचलगायतका कारण अमेरिका विश्व नागरिकको सपनाको देश बनेको हो । ट्रम्पवादको कारण माथि भनिएका आकर्षणमा कमी भएको छ । यो मध्यावधि निर्वाचनपछिको ट्रम्पवाद सुधारिएको होस् । यसले विश्व व्यवस्थालाई सभ्य, सबैले बाँच्नसक्ने बनाओस् । अमेरिकी जनताको जीवनयापन कठिन भएको भन्ने गुनासोलाई सम्बोधन गर्न सकोस् । हामीले कामनासम्म गर्ने हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ
Latest NewsJust now

यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

रुपन्देही समाचारदाता रुपन्देही, कात्तिक २० गते । गाडी भाडाको विषयमा झगडा गरी यात्रुलाई कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ परेका छन् । बुटवलको बसपार्कमा भाडाबारे विवाद हुँदा यात्... ...

गोरखापत्र
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत
Latest NewsJust now

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

काठमाडौं । बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबार नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि विजयी सुरुआत गरेको हो । बंगलादेशका प्रशिक्षक थोमस डुलीको टोलीलाई भुटानले खेलभर दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद इब्राहिमले पाँच मिनेटभित्रै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । जयान ...

केन्द्रबिन्दु
चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू
Latest NewsJust now

चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू

काठमाडौँ, कात्तिक २० गते । नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।चाडपर्वका... ...

गोरखापत्र
गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ
Latest NewsJust now

गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ

गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play