Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

जुम्ली स्याउको माग बढ्दै, यस वर्ष ७० करोडको निर्यात हुने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुम्ली स्याउको माग बढ्दै, यस वर्ष ७० करोडको निर्यात हुने अनुमान
Photo / Coverage: हिमालय टाइम्स

जुम्ला । जुम्लामा उत्पादित स्याउ नेपाली उपभोक्ताको रोजाइमा पर्न थालेपछि जिल्लामा स्याउखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । विदेशबाट आयातित स्याउको तुलनामा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेसँगै जुम्ली किसान स्याउखेती विस्तारमा लागेका हुन् । बजारमा माग बढ्न थालेपछि स्थानीय व्यापारी तथा सहकारी संस्थाले किसानका बगैँचामै पुगेर स्याउ खरिद गर्न थालेका छन् । यसले किसानलाई उत्पादन बिक्री गर्न सहज हुनुका साथै स्याउखेतीप्रति आकर्षण बढाएको छ । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, खलङ्गाका प्रबन्धक रतनराज शाहीका अनुसार नेपाली बजारमा जुम्ली स्याउको माग बढेसँगै किसान लाभान्वित भएका छन् । सहकारीले यस वर्ष किसानका बगैँचाबाट प्रतिकेजी ९० देखि १०० रुपैयाँका दरले स्याउ खरिद गरी काठमाडौंसहित सुर्खेत, नेपालगञ्ज, बुटवल र पोखरालगायत सहरमा बिक्री गर्दै आएको छ । सहकारीले करिब ६ करोड रुपैयाँ लगानीमा स्थानीय बगैँचाबाट तीन लाख केजी स्याउ खरिद गरी बजारीकरण गरिरहेको प्रबन्धक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा दुई लाख ९६ हजार केजी स्याउ बिक्री गर्ने लक्ष्य रहेकामा अब २९ हजार केजी मात्र बाँकी छ । नेपालगञ्ज र चितवनमा समेत सात हजार केजी स्याउ बिक्रीका क्रममा रहेको छ । स्याउ बिक्रीको यकिन तथ्याङ्क सबै बिक्री सम्पन्न भएपछि मात्र प्राप्त हुने शाहीले बताउनुभयो । सहकारीले काठमाडौंको भद्रकाली र जुम्लाको खलङ्गामा सञ्चालन गरेको मिनिमार्केटका साथै नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट समेत स्याउ बिक्री गर्दै आएको छ । सहकारीले स्थानीय जात र फुजी स्याउ किसानका बगैँचामै पुगेर सङ्कलन तथा बजारीकरण गर्दै आएको छ । यसका अतिरिक्त कर्णालीमा उत्पादित रैथाने बाली मार्सी चामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल तथा पिठोसमेत मिनिमार्केटमार्फत बिक्री गरिरहेको चन्दननाथ सहकारी संस्थाका प्रमुख व्यवस्थापक ऋषिराज पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार काठमाडौंको भद्रकालीस्थित सहकारीद्वारा सञ्चालित अर्गानिक मिनिमार्केटको बङ्गलादेशी सहकारी प्रतिनिधिमण्डलले समेत अवलोकन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा उत्पादन हुने भएकाले जुम्लासहित माथिल्लो कर्णालीका स्याउ गुलियो, रसिलो र स्वादिलो हुने गरेका छन् । कर्णाली राजमार्गको सहजतासँगै जुम्लाका बगैँचाबाट स्याउ सङ्कलन गरी देशका प्रमुख सहरसम्म पुर्‍याउन सहज भएको छ । विगतमा बजारको अभाव प्रमुख चुनौतीका रूपमा रहे पनि अहिले व्यापारीले बगैँचामै पुगेर स्याउ खरिद गरी ढुवानी गर्न थालेपछि किसानलाई राहत मिलेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लाबाट करिब ७० करोड रुपैयाँ बराबरको स्याउ निर्यात हुने अनुमान गरिएको छ । हालसम्म ५५ करोड रुपैयाँ बराबरको स्याउ बिक्री भइसकेको छ । जिल्लामा करिब चार हजार ६०५ हेक्टर अर्थात् ९० हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ मा थप १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । जुम्लामा उच्च जातको फुजी स्याउखेती ५२ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । यस वर्ष भने ४९ हेक्टरमा मात्रै फुजी स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचारेड, जनाथन र स्पोरलगायतका जातका स्याउसमेत उत्पादन हुने गरेका छन् । कार्यालयका अनुसार जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । जिल्लामा स्थापित स्याउ बगैँचाको सङ्ख्या २० हजार ४६१ पुगेको छ । पछिल्लो समय सहकारी, स्थानीय तह र कृषि विकास कार्यालयको पहलमा स्याउको ग्रेडिङ तथा आकर्षक कार्टुनमा प्याकेजिङ गर्ने अभ्यास बढेको छ । यसले उत्पादनको गुणस्तर पहिचान, व्यवस्थित बजारीकरण र बजार विस्तारमा थप सहयोग पुगेको किसानको भनाइ छ । जुम्ली स्याउप्रति उपभोक्ताको आकर्षण बढ्दै जानु, बजार विस्तार हुनु र ढुवानी सहज बन्नुले जिल्लामा स्याउखेतीको सम्भावना थप बढाएको छ । यसले स्थानीय किसानको आम्दानी वृद्धि गर्नुका साथै कर्णालीको कृषि अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीले गरे प्रधानमन्त्री बालेनको खुलेर प्रसंशा
Latest NewsJust now

मोदीले गरे प्रधानमन्त्री बालेनको खुलेर प्रसंशा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को प्रसंशा गरेका छन् । बालेन–मोदीबिच भएको द्वीपक्षीय भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनको प्रसंशा गरेका हुन् । मोदीले केही महिनाअघि संयुक्त राष्ट्र संघमा बालेनले गरेको सम्बोधनलाई स्मरण गर्दै विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीको रुपमा आफ्नो भिजन अघि सारेको र उक्त सम्बोधनले […] ...

लोकपथ
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

नयाँ दिल्ली (भारत), मङ्सिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ... ...

गोरखापत्र
नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा
Latest NewsJust now

नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

• भारतले नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने घोषणा गरेको छ। • मोदीले नेपाली युवालाई छात्रवृत्ति र कृषि औद्योगिक पार्क स्थापना गरेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। • दुई देशबीच खेलकुद, चलचित्र र आधुनिक प्रविधिमा सहकार्य विस्तार गर्ने योजना रहेको छ। ...

नेपालबहस
प्रधानमन्त्री शाहद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो
Latest NewsJust now

प्रधानमन्त्री शाहद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर ७ गते । प्रधानमन्त्री बालेन्द्र शाहले समकक्षी भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । भारतको हैदराबादमा दुई देशबिचको सम्झौता स... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement