Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

जुनार खेती र उत्पादन बढ्यो, किसानमा उत्साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुनार खेती र उत्पादन बढ्यो, किसानमा उत्साह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहार र छठजस्ता प्रमुख पर्वमा बजारमा जुनार खपत बढ्छ । यतिबेला फलफूलको प्रयोग र छठमा सूर्यलाई अर्घ्य दिने क्रममा जुनार चढाउने परम्पराका कारण यसको खपत बढ्ने गरेको सरोकारवाला बताउँछन् । पर्व मौसम रहेकाले बजारमा जुनार प्रशस्तै देखिन थालेको छ । पछिल्लो एक दशकको सरकारी तथ्यांकले समेत जुनार उत्पादन र खेती बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुगेको छ । यस अवधिमा उत्पादन ११ हजार ६ सय २ टन अर्थात् ३३.५ प्रतिशतले बढेको राष्ट्रिय फलफूल विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांक हो । जुनार उत्पादन बढ्नुमा बजारको माग, मूल्य र यसको सांस्कृतिक महत्त्व प्रमुख रहेको कृषिविज्ञ कृष्णप्रसाद पौडेलले बताए । तुलनात्मक रूपमा लामो समयसम्म भण्डारण गर्न सकिने र चाडपर्वको समयमा चाहिने हुनाले पनि यसको बजार सम्भावना राम्रो रहेको उनको भनाइ छ । ‘जुनार तुलनात्मक रूपमा चाँडै नबिग्रने, परम्परागत तथा सांस्कृतिक महत्त्व रहेको र चाडपर्वकै समयमा तयार हुने फल भएकाले यसको उत्पादन बढेको हो,’ पौडेलले भने । उत्पादनको सरकारी तथ्यांक र वास्तविक उत्पादनबीच कति समानता छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनले जनाए । जुनार खेती हुने क्षेत्रफल विस्तार र उत्पादकत्वमा आएको सुधारसँगै उत्पादन बढेको केन्द्रले सार्वजनिक गरेको फलफूल तथा पुष्प व्यवसायसम्बन्धी तथ्यांक पुस्तिकामा उल्लेख छ । यसअनुसार आर्थिक वर्ष २०७१/७२ मा जुनार खेती हुने कुल क्षेत्रफल ४ हजार ८ सय ३४ हेक्टर थियो । एक दशकमा ६ हजार १ सय ५१ हेक्टर बढेर २०८१/८२ मा १ हजार ३ सय १७ हेक्टर पुगेको छ । जुनारको उत्पादनशील क्षेत्रफल पनि एक दशकमा ८ सय १६ हेक्टरले बढेको छ । आर्थिक वर्ष २०७१/७२ मा ३ हजार ४ सय ४० हेक्टर क्षेत्रफल उत्पादनशील रहेकामा २०८१/८२ मा ४ हजार २ सय ५६ हेक्टर पुगेको छ । यसले जुनारको उत्पादकत्वमा समेत सुधार भएको देखाएको छ । आर्थिक वर्ष २०७१/७२ मा उत्पादकत्व प्रतिहेक्टर १०.१ टन थियो । एक दशकमा उत्पादकत्व प्रतिहेक्टर ०.७७ प्रतिशत बढेर २०८१/८२ मा १०.८७ टन पुगेको छ । उत्पादनशील क्षेत्रफल विस्तारसँगै उत्पादकत्वमा आएको सुधारले कुल उत्पादन बढाउन योगदान गरेको देखिन्छ । नेपालमा जुनारको मुख्य उत्पादन तथा बजार बिक्रीको समय मंसिरदेखि पुससम्म हो । यही अवधिमा बजारमा स्वदेशी तथा विदेशी जुनारको आपूर्ति बढ्ने गर्छ । नेपालका विभिन्न पहाडी जिल्लामा जुनार खेती हुँदै आएको छ । रामेछाप, सिन्धुली र धनकुटालाई जुनारको पकेट जोनका रूपमा लिइन्छ । यसका अतिरिक्त काभ्रेपलाञ्चोक, प्यूठान, डोटी, धादिङ र रोल्पालगायत जिल्लामा खेती गरिन्छ । नेपालमा धनकुटाको पारिपात्ले कृषि अनुसन्धान केन्द्र र कीर्तिपुरस्थित केन्द्री बागवानी केन्द्रमा जुनारका माल्टा, भ्यालेन्सिया, नेभल, जाफालगायत जातको संरक्षण गरिएको छ । पारिपात्लेमा स्थानीय जुनारसहित माल्टा कमन, माल्टा ब्लड रेड, रुबी र ह्याम्लिनलगायत जात छन् । कीर्तिपुर केन्द्रमा स्थानीय जुनार, वासिङ्टन नेभल, फस्ट भ्यालेन्सिया, फुकुहारा र कियोमीसहित विभिन्न जातको संरक्षण तथा अध्ययन हुँदै आएको केन्द्रले बताएको छ । एक दशकमा उत्पादन बढे पनि गत वर्ष र यस वर्ष बराबर नै उत्पादन हुने सरकारी आकलन छ । जुनार उत्पादनको नयाँ प्रक्षेपण सार्वजनिक भइनसकेकाले गत वर्षको उत्पादन यकिन भइनसकेको केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सागर घिमिरेले जनाए । ‘गत वर्षको तथ्यांक अद्यावधिक भइसकेको छैन, उत्पादनमा धेरै परिवर्तन हुँदैन भन्ने अनुमान छ,’ घिमिरेले भने । यस वर्ष सिन्धुलीका केही क्षेत्रमा फ्रुटफ्लाईको प्रकोप देखिए पनि उत्पादनमा गिरावट नआउने प्रारम्भिक जानकारी आएको घिमिरेले बताए । नयाँ उत्पादन प्रक्षेपण र तथ्यांक सार्वजनिक भएपछि मात्र यस वर्षको वास्तविक अवस्था स्पष्ट हुने उनको भनाइ छ । बजारमा माग र मूल्य दुवै राम्रो हुन थालेपछि किसान जुनार खेतीतर्फ आकर्षित हुँदा उत्पादन बढेको कृषि विज्ञ बताउँछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालय मातहत सञ्चालन हुने
Latest NewsJust now

महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालय मातहत सञ्चालन हुने

जनकपुरधाम। जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ। लामो समयदेखि सहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त केन्द्रलाई थप प्रभावकारी बनाउन सरकारले विश्वविद्यालयलाई हस्तान्तरण गर्ने... ...

रातोपाटी
भीमफेदी माइक्रोबस दुर्घटना :  घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न नेकपा (माले) को माग
Latest NewsJust now

भीमफेदी माइक्रोबस दुर्घटना :  घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न नेकपा (माले) को माग

काठमाडौँ। नेकपा (माले)ले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ। छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही जाँदै गरेको माइक्रोबस गत कात्तिक २६ गते... ...

रातोपाटी
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
Latest NewsJust now

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

गण्डकी, कात्तिक २८ गते । तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँग... ...

गोरखापत्र
रिलायबल लाइफको इपिएस ११.४१ प्रतिशतले घट्याे,बीमाशुल्क र कोषमा भने उल्लेख्य सुधार
Latest NewsJust now

रिलायबल लाइफको इपिएस ११.४१ प्रतिशतले घट्याे,बीमाशुल्क र कोषमा भने उल्लेख्य सुधार

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) ११.४१ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म कम्पनीको इपिएसघटेर १७ रुपैयाँ ६३ पैसा भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको इपिएस १९ रुपैयाँ ९० पैसा रहेको थियो । कम्पनीको खुद नाफामा आएको सङ्कुचनका कारण ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play