Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

जसले दोस्रो विश्वयुद्धमा मारिएका सैनिकको प्रेमकथा एक शताब्दीपछि चर्चामा ल्याए

Share:WhatsAppFacebookX (Twitter)Telegram
जसले दोस्रो विश्वयुद्धमा मारिएका सैनिकको प्रेमकथा एक शताब्दीपछि चर्चामा ल्याए
Photo / Coverage: बीबीसी नेपाली

BBC "मेरी प्रिय, मेरालागि सबैथोक तिमी हौ..."पहिलो विश्वयुद्धको युद्ध मैदानबाट ब्रिटिश सेनाका विली वेबरले आफ्नी श्रीमती ग्लाडिजलाई लेखेका शब्द हुन् यी।सन् १९१७को डिसेम्बरमा विवाह गरेको यो जोडीले निकै छोटो समय मात्रै सँगै बिताउन पायो। ब्रिटिश सेनाको रोयल ग्यारिसन आर्टिलरीको गोला चलाउने अर्थात् 'गनर' दर्जामा कार्यरत विली विवाह लगत्तै आफू कार्यरत पश्चिमी किल्लामा खटिए। ती नेपाली जसले दुईवटै विश्वयुद्ध लडे लडाइँबाट फर्कँदै गर्दा सर्वसाधारण मानिसले हात हल्लाएको देखेर पाइलटका 'आँखामा आँसु' सन् १९१८मा युद्धरत पक्षहरूबीच हतियार बिसाउने 'आर्मिस्टिस' सम्झौता हुनुभन्दा केही साताअघि मात्रै उनी युद्धमा मारिए।दुई जना अपरिचित मानिसहरूले यो प्रेम कथालाई मानिसहरूको स्मृतिबाट मेटिन नदिन सक्रियता देखाएपछि उनको समुदायले त्यसको एक शताब्दीपछि विलीका चिठी पत्रहरू उनको स्मरणमा सार्वजनिक गरेको छ। BBC सन् १९१७को डिसेम्बरदेखि १९१८ को अक्टोबरबीचका १०० वटा चिठीको पोकोले युद्धको पृष्ठभूमिमा प्रेमको कथा देखाउँछ।घाइते भएपछि छोटो समय घर फर्किएका विलीले १९१७को अन्त्यतिर ग्लाडिजसँग विवाह गरेका थिए। त्यस लगत्तै उनी युद्धको अग्रमोर्चामा फ्रान्स गए।उनले आफ्नी श्रीमतीलाई चिठीभित्र सुकेका फुलहरू राखेर मायालु सन्देशहरू लेख्थे र अन्त्यमा लेख्थे "तिम्रो आफ्नै श्रीमान् र प्रियतम, विली।"विलीले नियमित चिठीपत्र पठाए। उनका चिठीहरू भविष्यका आशा र सपनाहरूले भरिएका हुन्थे।तर उनले चाहेको पुनर्मिलन कहिल्यै हुन सकेन।'आर्मिस्टिस' हुनुभन्दा चार साता अगावै सन् १९१८को अक्टोबरमा २५ वर्षका यी युवा सैनिक दुर्घटनावश आफ्नै बन्दुकबाट चलेको गोली लागेर मारिए। यो जोडीका बालबच्चा थिएनन्। उनीहरूका प्रत्यक्ष हकवाला पनि कोही थिएनन्। यो प्रेमकथा सुनाउन कोही बाँकी थिएन। भारतले 'अग्निपथ' कार्यक्रममा गरेको परिमार्जनले गोर्खा भर्तीबारे नेपालले राखेको चासो सम्बोधन गर्छ? युक्रेन युद्धमा रुसको तर्फबाट लडेर ज्यान गुमाउने 'भाडाका सैनिक'मध्ये नेपालीको सङ्ख्या उच्च यो कथा त्यहीँ टुङ्गिन सक्थ्यो तर यी चिठीपत्रहरू लेखिएको एक शताब्दीपछि चर्चामा आएपछि त्यो जोडीको स्मृतिलाई ताजा भएको छ।सन् २०२५ मा यी प्रेम पत्रहरूको सङ्कलन अनलाइनमा लिलाम बढाबढमा बिक्रीमा राखियो।यो लिलाम प्रक्रियाबारे नोरिचका एक जना मेकानिक एन्डी गार्नरले पनि चासो दिइरहेका थिए। उनले युद्धमा भाग लिएका मानिसहरू इतिहासबाट गुमनाम नहोऊन् भन्ने उद्देश्यले युद्धका बेलाका चिठीहरू सङ्कलन गर्ने, उतार्ने र आफैँ प्रकाशित गर्ने गर्दै आएका छन्।विली र ग्लाडीजका चिठीहरू हेरेपछि उनले यसलाई संरक्षण गर्ने अठोट लिए।"ती चिठीहरूले मलाई पछाडि फर्काइरहे," उनले भने। "मलाई विलीले 'एन्डी यो काममा तिमी अघि सर, तिमीले यो गर्न सक्छौ!' भनिरहेजस्तो लाग्यो।" BBC लिलाम बढाबढका क्रममा चिठीको मोल बढ्दै गयो। तर अन्तिम क्षणमा एन्डीले लगाएको ३५१.५१ पाउन्ड मोलले लिलाम जित्यो।त्यसपछि उनले चिठीहरूको सँगालो पूरै पढे र यो जोडीको एक अर्काप्रतिको प्रेमले उनलाई गहिरो गरी छोयो। विलीलाई आफू छिट्टै घर फर्कनेमा पूर्ण आत्मविश्वास थियो।"जस्तोसुकै परिस्थितिबाट गुज्रिरहेको भए पनि उनीहरूको माया चम्किरहेको थियो," एन्डी भन्छन्।"त्यसले उनीहरूलाई बाँच्ने आशाको सञ्चार गरिरहेको हुन्थ्यो।"आफूले चिठी किन्न खर्चिएको पैसा उठ्ने सुनिश्चित नभए पनि उनले त्यसलाई उतारेर छाप्ने निर्णय गरे।'मायाको कथा'चिठीपत्रहरूको सँगालो छाप्ने निर्णयमा एन्डी पुगेसँगै एउटा नसोचेको घटना भयो।जसले ती चिठीपत्र उनलाई बेचेका थिए उनले लिलामबाट आएको पैसा आफूले राख्न नसक्ने निर्णय लिए।किथ बजनले भोलिपल्ट बिहानै एन्डीलाई सम्पर्क गरे।"'मैले तिमी आफ्नो पैसा फिर्ता लेउ त्यो तिम्रो लागि राम्रो हुन्छ' भनेँ," किथले सुनाए।चिठी फिर्ता लिएपछि किथलाई त्यसको न्याय एन्डीले नै गर्न सक्थे भन्ने लाग्यो। ब्रिटिश गोर्खा मामिला: नयाँ सरकारको अडानले 'उत्साहित,' तर माग विषयान्तर हुने चिन्ता ब्रुनाई र बाहरेनमा राजपरिवारको सुरक्षा गर्ने विशेष फौजमा सीधै नेपालीलाई भर्ना लिने प्रस्ताव के भयो पछि दुवै जना मिलेर विली र ग्लाडिजको विवाह भएको नाइटनमा युद्धमा मारिएका सैनिकको संस्मरण गर्ने निर्णय गरे।त्यसपछि उनीहरूलाई समुदायबाट उल्लेख्य सहयोग मिल्यो।उनीहरूले चर्चमा स्मारक बनाउन १,६०० पाउन्ड सहयोग जुटाए।चर्चले पनि त्यसमा साथ दियो।यो सबै लिलामीमा किनिएका चिठीबाट सुरु भएको थियो।उनीहरूको संस्मरणमा आयोजना गरिएको कार्यक्रममा उपस्थित भएकाहरूले देशको रक्षाका लागि आहुती दिएकाहरूलाई कहिलेकाहीँ बिर्सिइने जोखिम हुने बताए।एन्डीकी श्रीमती लेक्सले आफ्ना श्रीमान्‌को कामबारे मानिसहरूलाई थाहा होस् भन्ने आफूले चाहेको बताइन्।विलीले पत्र पठाएको एक शताब्दीपछि उनले र ग्लाडिजले नयाँ समुदाय भेट्टाए। उनीहरूले रगतको नाता वा पारिवारिक नाताबाट नभइ आफूलाई सम्झने मानिसहरूको परिवार भेट्टाए। जसले उनीहरूको प्रेम कथालाई बिर्सेर जान दिएनन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play