काठमाडौं । यही मंसिर ४ गते (शुक्रबार)देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जलाकी’ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट पाएको छ । योसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको निर्देशनमा बनेको फिल्म उहाँको दोस्रो निर्देशकीय चलचित्र हो । उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा रहेको चलचित्र मगर समुदायको संस्कार, संस्कृति र आस्थामा आधारित प्रेमकथामा निर्माण गरिएको छ । चलचित्रको ट्रेलर तथा ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित यस चलचित्रमा उपासना र सोनमसँगै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बु, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, राजु रेग्मी मगरलगायतका कलाकारको अभिनय छ । चलचित्रमा क्याप्टेन विजय लामाको विशेष भूमिका छ । चलचित्रका निर्माता ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बबिता राना, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुनुहुन्छ । चलचित्रलाई काफिया फिल्मस् र कुबेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन् ।
‘जलाकी’ले पायो युनिभर्सल सर्टिफिकेट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






