Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो
Photo / Coverage: हिमालय टाइम्स

क्यानबेरा । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो प्रतिवेदनमा शीर्ष ३० प्रभावित देशभित्र परेको छ । खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ । जर्मनीस्थित वातावरणीय संस्था जर्मनवाचले मंगलबार सार्वजनिक गरेको क्लाइमेट रिस्क इन्डेक्स प्रतिवेदनअनुसार विश्वभर गर्मीको लहर (हिटवेभ) चरम मौसमी घटनाबाट हुने मृत्युको सबैभन्दा ठूलो कारण बनेको छ । तर आर्थिक क्षतिको हिसाबले भने आँधीबेहरी सबैभन्दा प्रभावकारी विपद्का रूपमा देखिएको छ । यो प्रतिवेदन सार्वजनिक हुनुभन्दा केही दिनअघि अस्ट्रेलियाको मौसम विभागले देशमा ‘बलियोदेखि अत्यन्त बलियो एल निनो’ अवस्था विकसित भइरहेको चेतावनी दिएको थियो । यसले अस्ट्रेलियामा तापक्रम बढ्ने, मौसम थप सुक्खा हुने र डढेलोको जोखिम बढ्ने सम्भावना रहेको विभागले जनाएको छ । अन्तर्राष्ट्रिय विपद् तथ्यांक प्रणाली, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त तथ्यांकका आधारमा तयार गरिएको प्रतिवेदनले सन् २०२५ मा विश्वभर ३६७ वटा चरम मौसमी घटना भएको उल्लेख गरेको छ । ती घटनाका कारण करिब ३५ हजार मानिसको मृत्यु भएको, १० करोडभन्दा बढी मानिस प्रभावित भएको र प्रत्यक्ष आर्थिक क्षति १५८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ । यो रकम अस्ट्रेलियन डलरमा करिब २३५ अर्ब बराबर हुन्छ । प्रतिवेदनअनुसार सन् २०२५ मा गर्मीको लहरका कारण मात्रै २४ हजार ४०७ जनाको मृत्यु भएको थियो। यो वर्षभरि चरम मौसमी घटनाबाट भएको कुल मृत्युको झन्डै ७० प्रतिशत हो। सन् १९९६ यताका तथ्यांकमा गर्मीका कारण हुने मृत्युको हिस्सा करिब ४० प्रतिशत रहेको थियो । प्रतिवेदनकी सहलेखक लिसा शुल्थाइसका अनुसार गर्मीका कारण हुने वास्तविक मृत्युको संख्या सार्वजनिक तथ्यांकमा उल्लेख भएभन्दा अझ बढी हुन सक्छ । विशेषगरी विकासोन्मुख देशहरूमा गर्मीका कारण भएका सबै मृत्यु अभिलेखमा नसमेटिएको र युरोपमा हालैका वर्षहरूमा देखिएका अत्यधिक गर्मीका प्रभावले वास्तविक संख्या अझ उच्च हुन सक्ने उनको भनाइ छ । जलवायु परिवर्तनको प्रभाव अब केवल वातावरणीय विषयमा सीमित नरही जनस्वास्थ्य, जनजीवन, अर्थतन्त्र र विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको यस प्रतिवेदनले देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तारकेश्वरमा कोठा फोडेर सुन र नगद चोरी
Latest NewsJust now

तारकेश्वरमा कोठा फोडेर सुन र नगद चोरी

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ मा डेरा गरी बस्ने एक महिलाको कोठाबाट करिब एक लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बाजुरा घर भई हाल तारकेश्वर–८ मा डेरा... ...

रातोपाटी
इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
Latest NewsJust now

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था... ...

रातोपाटी
ट्रम्पसँगको भेटअघि सी–पुटिन वार्ता
Latest NewsJust now

ट्रम्पसँगको भेटअघि सी–पुटिन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ । बिहीबार हुने सम्मेलनमा... ...

रातोपाटी
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
Latest NewsJust now

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । मुस्ताङ र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित सडकमा नेचुङबाट चराङतर्फ जाँदै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play