Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि काठमाडौं जलवायु घोषणा जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि काठमाडौं जलवायु घोषणा जारी
Photo / Coverage: पर्दाफास

काठमाडौं महानगरपालिकाले जलवायु न्याय, समावेशी विकास र उत्थानशील शहर निर्माणका लागि सातबुँदे प्रतिवद्धतासहित ‘काठमाडौं जलवायु घोषणा २०८३’ जारी गरेको छ । आईतवार काठमाडौं जलवायु कार्य सप्ताह, २०८३ को समापन समारोहमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले घोषणा सार्वजनिक गरेकी हुन् । मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको काठमाडौं जलवायु कार्य सप्ताहमा प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा लैजाने उद्देश्यले घोषणा जारी गरिएको डंगोलले बताइन् । घोषणामा जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथिको जोखिम न्युनिकरण गर्न साझा प्रयास र सहकार्यमा जोड दिइएको छ । महानगरपालिकाले जलवायु परिवर्तनसम्बन्धी विषयलाई विद्यालय तहको स्थानीय पाठ्यक्रममा समावेश गर्ने, बालबालिका तथा युवालाई निर्णय प्रक्रिया र जलवायु समाधानका गतिविधिमा सहभागी गराउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, रैथाने ज्ञान, सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्दै प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने घोषणा गरिएको छ । काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील सहर बनाउन वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, आकाशे पानी संकलन तथा पुनर्भरण, नदी तथा खोलाको पुनर्जीवन, हरित क्षेत्र विस्तार, हिटी, पोखरी र राजकुलो संरक्षण तथा विद्युतीय सार्वजनिक यातायात प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्युनिकरण र पानीको मितव्ययी उपयोगलाई नागरिकको दैनिक जीवनसँग जोड्ने प्रतिवद्धता पनि घोषणामा समेटिएको छ । जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय तथा अनौपचारिक बस्तीका बासिन्दालाई राखिएको छ । जलवायु सुरक्षालाई सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणा गरिएको छ । घोषणामा प्रतिवद्धता र घोषणामा मात्रै सिमित नभई कार्यान्वयन र परिणामलाई प्राथमिकता दिने उल्लेख छ । यसका लागि कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यक्रम अघि बढाउने महानगरपालिकाले जनाएको छ । त्यस्तै, स्थानीय, प्रदेश र संघीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र तथा अनुसन्धान संस्थाबीच सहकार्यको संयन्त्र विकास गर्दै जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : कर्णालीले प्रदर्शन गरेको सामर्थ्य
OthersJust now

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीले प्रदर्शन गरेको सामर्थ्य

भौगोलिक विकटता, कमजोर पूर्वाधार र अनेकौँ विकासका चुनौतीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि सामान्य उपलब्धि होइन । ...

अनलाइन खबर
इन्डोनेसियामा भारी वर्षापछि पहिरो र बाढी, चार जनाको मृत्यु
OthersJust now

इन्डोनेसियामा भारी वर्षापछि पहिरो र बाढी, चार जनाको मृत्यु

१३ मङ्सिर, जकार्ता (रासस/सिन्ह्वा) । इन्डोनेसियाको जाभा प्रान्तमा लगातार परेको भारी वर्षाका कारण पहिरो र बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। खोज तथा उद्धार अधिकारीहरूका अनुसार बनजारनेगारा क्षेत्रमा गएको पहिरोमा परी चार जनाको ज्यान गएको हो। बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ। यसैबीच, भारी वर्षा र माथिल्लो… ...

अनलाइन खबर
नवलपरासीमा सवारी दुर्घटना, एक जनाको ज्यान गयो
OthersJust now

नवलपरासीमा सवारी दुर्घटना, एक जनाको ज्यान गयो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट जिप चालकको मृत्यु भएको छ । ...

अनलाइन खबर
‘सिन्दुरे जात्रा’ को ट्रेलर ट्रेन्डिङमा, के भन्दैछन् दर्शक ?
OthersJust now

‘सिन्दुरे जात्रा’ को ट्रेलर ट्रेन्डिङमा, के भन्दैछन् दर्शक ?

काठमाडौं । मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘सिन्दुरे जात्रा’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा उक्लिएको छ । मंरिस १० गते सार्वजनिक भएको ट्रेलर दर्शकले मन पराउँदा युट्युब ट्रेन्डिङमा आएको हो । यो समाचार तयार पार्दासम्म ट्रेलर युट्युबको ५ नम्बर ट्रेन्डिङमा छ । ट्रेलर हेरेर कमेन्ट गर्नेहरूले ट्रेलर हेरेर सिनेमा राम्रो छ जस्तो लाग्यो भन्दै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement