Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा, परराष्ट्रमन्त्री खनालको विश्व समुदायलाई यस्तो आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा, परराष्ट्रमन्त्री खनालको विश्व समुदायलाई यस्तो आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन् । तुर्कीएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाली क्षेत्रको संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायको ठोस प्रतिबद्धता र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल जलवायु न्यायको खोजीमा यहाँ आएको हो। हिमालका लागि १।५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमा सुनिश्चित गर्नुपर्छ र हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना आवश्यक छ।’ जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रूपमा रहे पनि विश्वको ठूलो जनसंख्यालाई जीवन र जीविकोपार्जन प्रदान गर्ने हिमालय क्षेत्र तीव्र गतिमा पग्लिरहेको उनले बताए । उनले नेपालले आफ्नो करिब आधा भूभागमा सामुदायिक संरक्षणअन्तर्गतका वन क्षेत्र कायम गरेको, जलविद्युत्मार्फत ऊर्जा उत्पादन गरिरहेको र नयाँ खरिद हुने उपभोक्ता सवारीसाधनमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय सवारीसाधन रहेको तथ्य प्रस्तुत गरे । नेपाल, भुटान र किर्गिस्तानले हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी विषयलाई कोप–३१ को औपचारिक कार्यसूचीमा समावेश गर्न संयुक्त रूपमा पहल गरेको जानकारी दिँदै उनले विश्वको करिब २७ प्रतिशत भूगोल र १५ प्रतिशत जनसंख्यालाई प्रत्यक्ष प्रभाव पार्ने हिमाली क्षेत्रको विषयलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्ने बताए । पक्ष राष्ट्रहरूबीच भएको रचनात्मक छलफल र प्रगतिलाई स्वागत गर्दै मन्त्री खनालले हालसम्मको उपलब्धि नेपालको अपेक्षाअनुरूप पर्याप्त नरहेको धारणा पनि व्यक्त गरे । उनले सम्मेलनको अध्यक्षता गरिरहेको तुर्कीए तथा अघिल्लो अध्यक्ष राष्ट्र र सबै पक्ष राष्ट्रहरूलाई हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा हुने परामर्श र अन्तिम निर्णयमा तीनवटा विषय समेट्न आग्रह गरे । हिमाली क्षेत्रका लागि १.५ डिग्री सेल्सियसको तापक्रम सीमाको लक्ष्यलाई विशेष प्राथमिकता दिनुपर्ने, हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना निर्माण गर्नुपर्ने र विश्वव्यापी अनुकूलन लक्ष्य तथा नयाँ सामूहिक परिमाणित जलवायु वित्त लक्ष्यमा हिमालविशेष सूचकहरू समावेश हुने गरी वित्त तथा अनुकूलनसम्बन्धी संरचनालाई एकीकृत गर्नुपर्ने उनको प्रस्ताव थियो। नेपालले हालैको विपद्पछि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहानुभूति र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै अब त्यसलाई ठोस सहयोग र कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए । ‘विपद्पछि हामीले विश्व समुदायबाट व्यापक सहानुभूति प्राप्त गर्‍यौँ। अब सहानुभूतिलाई प्रणालीमा र प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने समय आएको छ,’ मन्त्री खनालले भने । उनले नेपाल हिमाली समुदायको संरक्षण, जलवायु अनुकूलन र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कोप–३१ मा सहभागी सबै राष्ट्रलाई नेपाल र समग्र हिमाली समुदायप्रति बलियो ऐक्यबद्धता व्यक्त गर्न आग्रह गरे । यसअघि मन्त्री खनालले कोप–३१ को अध्यक्षमा निर्वाचित नेतृत्वलाई बधाई दिँदै सम्मेलन आयोजना गरेकोमा तुर्कीए सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए । उनले समूह ७७ तथा चीन, अति कम विकसित राष्ट्रहरू, भूपरिवेष्टित विकासशील राष्ट्रहरू र माउन्टेन ग्रुपका तर्फबाट प्रस्तुत धारणाहरूप्रति नेपालको समर्थन रहेको पनि स्पष्ट पारे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते
Latest NewsJust now

बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते

बर्दिया । बर्दियाको बढैयातालमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। बढैयाताल गाउँपालिका–८ स्थित शीतलबजारमा भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ... ...

रातोपाटी
लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा
Latest NewsJust now

लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा

कास्की । कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत थप १८ जनालाई पक्राउ गरेको छ। पर्यटकलाई अनावश्यक दुःख दिने, झैझगडा गर्ने तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित... ...

रातोपाटी
‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’
Latest NewsJust now

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’

हिन्दु धर्मगुरुहरूले चलचित्र ‘पाँच पाण्डव’ हेरेका छन्। उनीहरूले सोमबार हलमा पुगेर फिल्म ‘पाँच पाण्डव’ हेरेका हुन्। चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो सिनेमामा केही नरहेको बताएका छन्। हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ले हिन्दु धर्मलाई हेलाहोचो गर्ने काम नगरेको बताएका छन्। ‘पाँच पाण्डव&... ...

नेपालखबर
गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग
Latest NewsJust now

गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउन सक्रिय भएको कँडेलको आरोप, निष्पक्ष छानबिन गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गरी राज्यका तर्फबाट भ्रम फैलाउने र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने तथा राज्यका संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि अस्वीकार्य भएको बताएका छन्। कँडेलले पछिल्लो समय गगन थापालाई लक्षित गरी भइरहेका गतिविधि, मिडिया ट्रायल र सामाजिक सञ्जालमा फैलाइएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play