Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताए। उनले बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य संघले जानकारी गराएलगत्तै आफूले सम्बन्धित सबै निकायलाई तत्काल जानकारी गराएको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको बताए। उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। सभापति लामिछानेले तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपाय दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिए। प्राविधिक अध्ययनका आधारमा भविष्यमा बजार क्षेत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनासमेत औँल्याउँदै उनले त्यस्तो अवस्था आए सबै सरोकारवाला एकमत भएर निर्णय प्रक्रियामा सहभागी हुनुपर्ने बताए । “जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो”, उनले भने, “नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।” आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता आफूले नराखेको स्पष्ट पार्दै लामिछानेले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षति र आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा पनि बाढीबाट प्रभावित नागरिकको समस्या उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । सभापति लामिछानेले चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै तत्काल आवश्यक पर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिए। अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरे । छलफलका क्रममा सभापति लामिछानेले नारायणी नदीको कटान तथा डुबानबाट बजार क्षेत्रमा परेको जोखिमबारे समयमै जानकारी गराएर अध्ययन टोली परिचालन गर्न सहयोग पुर्‍याएको भन्दै उद्योग वाणिज्य संघ चितवनलाई धन्यवादसमेत दिए । छलफलअघि लामिछानेले नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । छलफलका क्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानका उपाय खोज्न सुरुदेखि नै सभापति लामिछानेले पहल गर्दै आएको बताए। उनले नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुनेगरी आवश्यक योजना बनाउन उनीसँग आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारु
Latest NewsJust now

‘रामायण’ ले पहिलो दिनमै कमायो १२७ करोड भारु

भारतीय फिल्म ‘रामायण’ ले उत्साहजनक ओपनिङ गरेको छ। यस फिल्मले पहिलो दिनमै विश्वभर १२७.५० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। त्यस्तै, घरेलु बक्सअफिसमा फिल्मको नेट कलेक्सन ६४.८५ हुँदा ग्रस कलेक्सन ७७.५० करोड पुगेको छ। जसमा हिन्दी संस्करणतर्फको कमाइ ४७.५० करोड हो। त्यस्तै, कन्नडमा ७.२५ करोड, तेलुगुमा ६ करोड, तमिलमा २.६० करोड र मलयालममा १.५० करोड रहे... ...

नेपालखबर
राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै
Latest NewsJust now

राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले शुक्रबार चाँदी मात्रै बिक्री गरिरहेको जानकारी दिए । ...

कान्तिपुर
इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश
Latest NewsJust now

इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश

विविधताले भरिएको नेपाललाई भेदभावमुक्त बनाउनुपर्ने उनको आह्वानमा दर्शकले ताली बजाउँदै र मुठी उचाल्दै समर्थन जनाए। ...

कान्तिपुर
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
Latest NewsJust now

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

वासिङ्टन।मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन्। उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेका हुन्। ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले उक्त ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play