Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : रवि लामिछाने
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसालाई कुनै पनि हालतमा खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा रास्वपाले शनिबार जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अब जनतामाझ आश्वासन र वाचापत्र मात्र नभई कामको परिणाम लिएर जाने बताए । जनताले पार्टीलाई दिएको अपार विश्वासलाई उपलब्धिमा रूपान्तरण गर्ने उल्लेख गर्दै लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए । “हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ”, उनले भने। पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे । रास्वपाको उद्देश्य गरिब तथा विपन्न बस्तीमा टिकट पुर्‍याउनु नभई शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच विस्तार गर्नु रहेको उनको भनाइ थियो । “यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो”, उनले भने । लामिछानेले जनताको हितसँग जोडिएका विषयमा आफ्नो पार्टीको सरकार भए पनि वा अन्य दलको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताए । यसलाई उनले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरे । सरकार जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । छठ पर्व मनाउन सभापति लामिछाने दम्पती शनिबार जनकपुरधाम आइपुगेका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मदिरा सेवन गरी गाडी चलाएको आरोपमा जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ
Latest NewsJust now

मदिरा सेवन गरी गाडी चलाएको आरोपमा जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ

टाेकियाे । जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशङ्कामा प्रहरीले अमेरिकी वायुसेनाका एक क्याप्टेनलाई शनिबार पक्राउ गरेको छ । प्रहरीका अनुसार, प्रशान्त क्षेत्रका दुई सहयोगी राष्ट्रबिच तनाव बढिरहेका... ...

रातोपाटी
शेख हसिनाबारे भारतका दुई सर्त : बंगलादेशी सेना लिन आओस्, मृत्युदण्डविरुद्ध अपिलको मौका दे‌ओस्
Latest NewsJust now

शेख हसिनाबारे भारतका दुई सर्त : बंगलादेशी सेना लिन आओस्, मृत्युदण्डविरुद्ध अपिलको मौका दे‌ओस्

नयादिल्ली- भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सम्भावित फिर्तीका लागि दुई सर्त अघि सारेको छ। बीबीसी बाङ्लाको रिपोर्टअनुसार भारत सरकारले बंगलादेशसामु दुई सर्त राखेको हो। रिपोर्टअनुसार, पहिलो सर्त हसिनालाई बंगलादेश फर्काउने जिम्मा बंगलादेशी सेनाले लिनुपर्ने छ। उनी ५ अगस्ट २०२४ मा बंगलादेशी सैन्य विमानबाट भारत पुगेकी थिइन्। त्यसैले बंगलादेशले सैन्य विमान पठाएर वा सेनाको जिम्मेवारीमा उनलाई […] ...

काठमाण्डुपाटी
पार्टीका लागि निरन्तर योगदान गर्छु :  पूर्वप्रधानमन्त्री देउवा
Latest NewsJust now

पार्टीका लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताएका छन् । कांग्रेसको देउवा समूहको ललितपुरको १५औँ नियमित जिल्ला अधिवेशनको... ...

रातोपाटी
कारागार भवनको निर्माण कार्य ढिलाई हुँदा समस्या
Latest NewsJust now

कारागार भवनको निर्माण कार्य ढिलाई हुँदा समस्या

हुम्ला समाचारदाताहुम्ला कात्तिक २८ गते । जिल्ला प्रहरी कार्यालयको हिरासतमा कैदीबन्दीहरु कोचिएर बस्नुपर्ने बाध्यता रहेको छ । तीन वर्षदेखि निर्माण कार्य भइरहेको कारागार भवनको काम सम्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play