Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जनताका गुनासा रवि र प्रधानमन्त्रीलाई बुझाउने अमरेशको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनताका गुनासा रवि र प्रधानमन्त्रीलाई बुझाउने अमरेशको घोषणा
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्राका क्रममा जनताबाट संकलन गरिएका समस्या र गुनासा प्रधानमन्त्री तथा पार्टी सभापति रवि लामिछानेलाई बुझाउने बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै सिंहले जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या सुन्ने र त्यसलाई अभिलेखीकरण गरी सम्बन्धित नेतृत्वसमक्ष पुर्‍याउने उद्देश्यले पदयात्रा गर्न लागेको बताए ।

पदयात्राका क्रममा संकलन गरिएका जनताका समस्या तीन प्रति तयार पारिने उनको भनाइ छ । एउटा प्रति पुस्तकका रूपमा पार्टी सभापतिलाई हस्तान्तरण गरिने, दोस्रो प्रति प्रधानमन्त्रीलाई बुझाइने र तेस्रो प्रति आफैँले राखेर संसद्मा जनताका समस्या उठाउन प्रयोग गरिने उनले जानकारी दिए ।

सिंहले मंगलबार बिहान मेचीको किनारबाट सुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर टुङ्गिने बताए । करिब दुई महिनासम्म चल्ने यात्रामा दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने उनको योजना छ ।

पदयात्राका क्रममा प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीयसँग संवाद गर्ने उनले बताए । मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी तथा युवालगायत सबै वर्ग र समुदायका नागरिकसँग भेटेर उनीहरूका समस्या सुन्ने उनको भनाइ छ ।

‘भोलि बिहान मेचीको किनारबाट शुरु हुने यो पदयात्रा माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर सम्पन्न हुनेछ । यो देश र समाज जोड्ने यात्रा हो । जात, धर्म, वर्ग वा पहाड–मधेसका नाममा कुनै द्वन्द्व नहोस् र राष्ट्रिय एकता मजबुत बनोस् भन्ने यसको मुख्य उद्देश्य हो । जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्न म आफैँ घरदैलोमा पुग्दैछु,’ सिंहले भने ।

दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने योजना रहेको उल्लेख गर्दै उनले विशेषगरी युवाको रोजगारी, किसानका समस्या र विभिन्न समुदायका आवश्यकता बुझ्ने बताए ।

‘मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी र युवालगायत सबै वर्ग तथा समुदायका समस्या र रोजगारीका सवाल सुन्नेछु । यात्राका क्रममा जनताबाट प्राप्त सुझाव र समस्यालाई अभिलेख गरी तीन प्रति तयार पार्नेछु । एउटा पार्टी सभापतिलाई, अर्को प्रधानमन्त्रीलाई बुझाउनेछु र तेस्रो प्रतिका आधारमा संसद्मा जनताका आवाज उठाउनेछु,’ उनले भने ।

सिंहले हुलाकी राजमार्गको पदयात्रापछि आगामी वैशाखमा मध्यपहाडी लोकमार्गबाट अर्को यात्रा गर्ने योजना पनि सुनाए । झुलाघाटबाट सुरु हुने उक्त यात्रा चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।

उनले पदयात्राको उद्देश्य पार्टी, जात, धर्म वा भूगोलभन्दा माथि उठेर सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा जोड्नु रहेको बताए ।

‘हाम्रो उद्देश्य पार्टी, जात, धर्म वा भूगोलभन्दा माथि उठेर सम्पूर्ण नेपालीलाई एउटै राष्ट्रिय एकताको सूत्रमा जोड्नु हो । राष्ट्रिय एकता बलियो भए मात्र राष्ट्रियता बलियो हुन्छ। जनताको अभिमत र आकाङ्क्क्षाको सम्मान गर्दै कमजोरी सच्याएर जनताका समस्या समाधान गर्नु हाम्रो दायित्व हो,’ सिंहले भने ।

सिंहले रास्वपाको सफलता देशको सफलतासँग जोडिएको दाबी गर्दै जनताले दिएको अभिमत र उनीहरूका आकाङ्क्षालाई सम्मान गरेर पार्टी तथा सरकारले आफ्ना कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुस्ताङको ठिनी खोला पुल उद्घाटन
OthersJust now

मुस्ताङको ठिनी खोला पुल उद्घाटन

मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले रु चार करोड ४६ लाखको लागतमा तयार भएको उक्त पुलको आज उद्घाटन गरेका हुन् । मन्त्रालय अन्तर्गत लम्बाइ ३५ मिटर र ८.४ मिटर चौडाइको उक्त पुल निर्माणपछि पर्यटकीय गन्तव्य […] ...

मकालु खबर
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ?
OthersJust now

धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ?

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता ...

पर्दाफास
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा
OthersJust now

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

३० कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् । सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक… ...

अनलाइन खबर
शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली
OthersJust now

शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली

३० कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित भएका छन् । समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । साधारणसभाबाट गठित नयाँ कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play