काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरमा भइरहेको खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएकाे विराटनगर किंग्सले पहिलो पावर प्लेमा राम्रो सुरुवात गरेको छ। शुरुवातमा नै सेहान जयसूर्यालाई व्यक्तिगत १ रनमै गुमाए पनि त्यसपछि क्रिजमा आएका लोकेश बम र इमरान शेखले शानदार साझेदारी गर्दै टिमको स्कोरलाई अगाडि बढाएका छन्। पहिलो ६ ओभरको समाप्तीमा विराटनगरले १ विकेटको क्षतिमा ४६ रन बनाएको छ। लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाएर अविजित रहेका छन् भने इमरान शेखले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रनमा खेलिरहेका छन्। जनकपुरका लागि मोइन अलीले १ विकेट लिएका छन्। प्रतियोगितामा जनकपुर र विराटनगर दुवै टोलीले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । हालसम्मको अंक तालिकामा विराटनगरभन्दा जनकपुरको अवस्था बलियो देखिन्छ ।तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकोलको जनकपुर चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यता तीनमध्ये केवल एक खेलमा जित र दुई खेलमा हारबाट दुई अंक बटुलेको विराटनगर भने तालिकाको छैटौँ स्थानमा छ ।
जनकपुरविरुद्ध विराटनगरको आक्रामक सुरुवात

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






