काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको कम स्कोरको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । यस जितसँगै चितवनले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गरेको हो । ६ खेलमा तेस्रो जित हात पारेको चितवन ७ अंकसहित अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । यससँगै टोलीको प्लेअफ सम्भावना थप बलियो बनेको छ । चितवनले लिग चरणको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । शनिबार हुने विराटनगर किंग्स र लुम्बिनी लायन्सबीचको खेलमा विराटनगर पराजित भए चितवनले अन्तिम खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गर्नेछ । तर विराटनगर विजयी भएमा चितवनले कर्णालीलाई हराउनुपर्नेछ ।
जनकपुरलाई हराउँदै चितवनको प्लेअफ सम्भावना बलियो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






