Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

जनकपुरमा छठको तयारी पूरा, रवि आउने भएपछि गंगासागरमा विशेष सतर्कता

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरमा छठको तयारी पूरा, रवि आउने भएपछि गंगासागरमा विशेष सतर्कता
Photo / Coverage: पर्दाफास

छठ पर्वको तयारीका निम्ति जनकपुरधामका पोखरी तथा जलाशयहरुको तयारी पूरा भएको छ । घाट सफा गर्ने देखि टेन्ट, बत्ती जडान लगायतका कार्यहरु सम्पन्न भइसहेको छ । विशिष्ठ व्यत्तिहरुको आगमनलाई मध्येनजर गर्दै जनकपुरधामका घाटसहित नगरभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले जनकपुरधामको गंगासागर पोखरीमा छठ मनाउने भएका कारण यस घाटको वरिपरि विशेष सुरक्षा नियमहरु अपनाइएको छ । गंगासागर छठ पूजा समितिले शनिबार पत्रकारसम्मेलन गर्दै सुरक्षा नियमहरुबारे जानकारी गराएको छ । समितिका अध्यक्ष सतिश कुमार लाल दासका अनुसार विशिष्ट अतिथिहरूको आगमनलाई मध्येनजर गर्दै गंगा सागर घाटको वरिपरि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा समितिका स्वयंसेवक परिचालन गरी विशेष सुरक्षा र भीड व्यवस्थापनमा कडाइ गरिएको छ । विगतका वर्षहरुमा एकदिन अगावै घाटमा पूजा सामग्री राखिने होड हुन्थ्यो । तर यस वर्ष भने छठ घाटमा पूजाका सामग्री व्यवस्थापन सहज बनाउन कार्तिक २९ गते बिहान ७ बजेदेखि मात्र डाला तथा सुपली घाटमा ल्याउन समितिले व्रतालुहरूलाई आग्रह गरेको छ । त्यस्तै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार छठ पर्व अवधिभर गंगासागर आसपासका क्षेत्रमा माछा, मासु तथा मदिराजन्य पसल बन्द गर्न निर्देशनसमेत दिइएको छ । समिति अध्यक्ष दासका अनुसार घाट परिसरमा डिजे बजाउन, मादक पदार्थ सेवन गरी होहल्ला गर्न तथा पटाका पड्काउनसमेत प्रतिबन्ध लगाइएको छ । त्यस्तै, छठ पर्वका मुख्य दिनमा गंगासागर पोखरीका चारैतर्फका डिल तथा पूजा परिसरभित्र सवारीसाधन प्रवेश र पार्किङ गर्न रोक लगाइनुका साथै पोखरीको चारैतर्फ ठेला, फुटपाथ पसल तथा अस्थायी व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ । सवारी आवागमन व्यवस्थित गर्न कार्तिक २९ गते दिउँसो ४ बजेदेखि ३० गते बिहानको अर्घ्य सम्पन्न नहुँदासम्म विशेष ट्राफिक व्यवस्थापन समेत लागू गरिएको अध्यक्ष दासले जानकारी दिए । छठ पर्व मनाउन रास्वपा सभापति लामिछाने दम्पत्ति आजै जनकपुरधाम आउन लागेका छन् । उनको आगमनका कारण जनकपुर नगरभरि भारी मात्रामा प्रहरी प्रशासन तैनाथ गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
OthersJust now

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जलजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, वैज्ञानिक अनुसन्धान, अन्तरसंस्थागत सहकार्य र जलवायु उत्थानशील विकासलाई प्राथमिकता दिनुपर्नेमा विज्ञ तथा सरोकार भएकाहरूले जोड दिए । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) अन्तर्गत आज नेपाल पेभेलियनमा आयोजित ‘हिमाली जल सुरक्षाका चुनौती हालैको रसुवा-भोटेकोशी विपद्बाट प्राप्त पाठ’ विषयक छलफलमा वक्ताहरूले विपद्पछिको उद्धार ...

पर्दाफास
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम
OthersJust now

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम

मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको जनाएको हो। त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ। प्रदेश प्रमुखको ...

पर्दाफास
अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली
OthersJust now

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ । ...

अनलाइन खबर
तोसिमा कार्की मनिला जाँदै
OthersJust now

तोसिमा कार्की मनिला जाँदै

रास्वपा सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play