काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल ) चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले लज्जास्पद ब्याटिङ गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका बलरहरूको घातक बलिङसामू जनकपुरले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर मात्र ८८ रन जोड्याे । जनकपुरका लागि कप्तान हर्मित सिंहले २५ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रन जोडे भने विशाल सुस्लिङले १३ बलमा १५ रन र सन्तोष कार्कीले ११ बलमा १० रन बनाए। अन्य ब्याट्सम्यानहरू क्रिजमा टिक्न सकेनन् । ओपनर त्रितराज दास (५), रायन बर्ल (६), ह्यारी टेक्टर (०), आदित्य महता (४), जेम्स निशम (०) र अभिषेक तिवारी (४) सस्तैमा पेभिलियन फर्किए । चितवन राइनोजका लागि बलिङतर्फ रञ्जित कुमारले निकै किफायती र घातक बलिङ गर्दै ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका छन्। त्यस्तै, सिकन्दर राजाले ४ ओभरमा २ मेडनसहित १० रन दिएर २ विकेट र कामिल मिश्राले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने कमल ऐरी र रिजन ढकालले समान १-१ विकेट प्राप्त गरेका छन्।
जनकपुरको लज्जास्पद ब्याटिङ, चितवनसँग ८८ रनमै समेटियाे

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






