Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जनकपुरको दास्रो जित, पोखराको लगातार हार

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरको दास्रो जित, पोखराको लगातार हार
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमा समेटियो । यससँगै जनकपुरले रोमाञ्चक जित दर्ता गरेको छ । १४८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पोखराले सुरुवातदेखि नै दबाब महसुस गरेको थियो । नियमित अन्तरालमा विकेट गुमाउँदा टोली लक्ष्यसम्म पुग्न असफल भयो । पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि उहाँको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन । उहाँले २४ बलको सामना गर्दै पाँच चौका प्रहार गर्नुभयो । त्यस्तै, विपिन आचार्यले २० रनको योगदान दिनुभयो । किरण ठगुन्नाले आक्रामक ब्याटिङ गर्दै केवल पाँच बलमा १५ रन जोड्नुभयो । तर, अन्य ब्याटरले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा पोखरा लक्ष्यभन्दा ९ रन पछाडि रहन पुग्यो । पोखराका शाकिब अल हसनले ९, मेहेदी हसनले ८, अर्जुन घर्तीले ७, चामिका करुणारत्नेले ४ र दिनेश खरेलले ३ रन बनाउनुभयो । मोहम्मद सैफुद्दिन भने खाता नै नखोली आउट हुनुभयो । पोखराको ब्याटिङ लाइनअप ध्वस्त पार्न जनकपुरका मोइन अलीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँले कसिलो बलिङ गर्दै चार ओभरमा मात्र १३ रन खर्चेर तीन विकेट लिनुभयो । हरमित सिंह र सैफ हसनले दुई–दुई विकेट हात पार्नुभयो । त्यस्तै, ललित राजवंशी र जेम्स नीशमले एक-एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि तृतराज दासले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ६१ रन बनानुभयो । उहाँले ५५ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गर्नुभयो । उहाँको धैर्यपूर्ण ब्याटिङले जनकपुरलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्‍यो । जनकपुरका मोइन अलीले पनि आक्रामक ब्याटिङ गर्दै १६ बलमा २१ रन जोड्नुभयो । त्यस्तै, अभिषेक तिवारीले अन्तिमतिर आक्रामक शैली अपनाउँदै अविजित २४ रन बनाउनुभयो । उहाँले केवल पाँच बलको सामना गर्दै एक चौका र दुई छक्का प्रहार गर्नुभयो । जेम्स नीशमले ११ रनको योगदान दिनुभयो । तर, जनकपुरका अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । कप्तान हरमित सिंह र अनिल साहले समान नौ रन बनाउँदा सैफ हसन एक रनमा आउट हुनुभयो । अन्य ब्याटरले पनि ठूलो साझेदारी गर्न नसक्दा जनकपुर १४७ रनमा सीमित भएको थियो । पोखराका लागि शाकिब अल हसनले उत्कृष्ट बलिङ प्रदर्शन गर्नुभयो । उहाँले तीन ओभरमा मात्र चार रन खर्चेर तीन विकेट लिनुभयो । उहाँको किफायती बलिङले जनकपुरको रनगति नियन्त्रणमा राख्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । मेहेदी हसन र मोहम्मद सैफुद्दिनले पनि एक-एक विकेट लिनुभयो । जनकपुरले बनाएको १४७ रनको योगफल ठूलो देखिएको थिएन । तर, बलरहरूको अनुशासित प्रदर्शन र मोइन अलीको प्रभावकारी बलिङका कारण पोखरालाई लक्ष्य भेट्टाउन कठिन भयो । विशेषगरी अन्तिम ओभरसम्म कायम रहेको प्रतिस्पर्धाले खेललाई रोमाञ्चक बनाएको थियो । यस जितसँगै जनकपुर बोल्ट्सले एनपिएलमा महत्त्वपूर्ण सफलता हात पारेको छ भने पोखरा एभेन्जर्सले जितको अवसर गुमाएको छ । यसअघिको खेलमा पोखरा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो भने जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित हुँदा दोस्रो खेलमा भने काठमाण्डु गोर्खाजलाई ८ विकेटले हराएको थियो । जारी प्रतियोगितामा जनकपुरले तीन खेलबाट चार अंक बनाएको छ । पोखरा भने जितविहीन छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा
Latest NewsJust now

१७ वर्षपछि हरर सिनेमामा कंगनाको पुनरागमन: राणा दग्गुबातीले गरे नयाँ फिल्मको घोषणा

मुम्बई । भारतीय जनता पार्टीकी सांसद एवम् अभिनेत्री कंगना रनौत चलचित्रमा शक्तिशाली पुनरागमनको तयारीमा जुटेकी छन्। उनको चलचित्र ‘क्वीन २’ आउने निश्चित भइसकेका बेला उनी हरर चलचित्रमा पनि फर्किने भएकी छन्। १७... ...

रातोपाटी
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
Latest NewsJust now

तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

काठमाडौँ, कात्तिक १६ गते । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष योजना बनाएको छ । चाडपर्वका सम... ...

गोरखापत्र
यस्तो छ आजको मौसम
Latest NewsJust now

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । जसको कारण देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हिमाली र पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ...

केन्द्रबिन्दु
बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ
Latest NewsJust now

बमको धम्कीपछि बुलेटप्रूफ घेराभित्रबाट अमिताभ

मुम्बई । मुम्बईस्थित आफ्नो घर बमले उडाइदिने धम्की पाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले पहिलोपटक समर्थकहरूसँग भेटघाट गरेका छन्। हरेक आइतबारजस्तै यसपटक पनि आफ्नो घर ‘जलसा’ बाहिर समर्थकहरूको अभिवादन स्वीकार गर्न पुगेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play