Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जनकपुरका सैफ हसनको महत्वपूर्ण अर्धशतक

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरका सैफ हसनको महत्वपूर्ण अर्धशतक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धाथै बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सका ब्याटर सैफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्। विराटनगर किंग्सले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १७.१ ओभरमा ४ विकेटको क्षतिमा १३७ रन बनाएको छ। सैफ हसनले ३८ बलमा १ चौका र ३ छक्काको मद्दतले ५० रन बनाएर क्रिजमा अविजित रहेका छन्। यसअघि विशाल सुस्लिङले ३० बलमा २ चौका र ३ छक्कासहित ४३ रनको महत्वपूर्ण योगदान दिएका थिए। हाल क्रिजमा सैफ हसनलाई साथ दिन आएका जेम्स नीशमले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाएर खेलिरहेका छन्। जनकपुरलाई जितका लागि अब १७ बलमा ३८ रनको आवश्यकता रहेको छ। विराटनगरका लागि एन्जेलो म्याथ्युज र रसेलले समान २-२ विकेट लिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
Latest NewsJust now

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

किएभ । दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ ...

केन्द्रबिन्दु
देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)
Latest NewsJust now

देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)

काठमाडौँ । आगामी मंसिर २१, २२ र २३ गतेका लागि समानान्तर केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले देशभर २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । समूहका... ...

रातोपाटी
चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना
Latest NewsJust now

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो प्रक्षेपण चीनको न्यून भू–कक्षीय स्याटेलाइट इन्टरनेट सञ्जाल विस्तार गर्ने अभियानका... ...

रातोपाटी
ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ
Latest NewsJust now

ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।  मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन्। उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play