Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जङ्गलमै बास बसेर स्थानीयले बनाए पाँच किलोमिटर पदमार्ग

Share:WhatsAppFacebookX (Twitter)Telegram
जङ्गलमै बास बसेर स्थानीयले बनाए पाँच किलोमिटर पदमार्ग
Photo / Coverage: केन्द्रबिन्दु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण गरेका छन् । रघुगङ्गा गाउँपालिकाको नौ लाख रुपैयाँ बजेटबाट चिमखोलाको सिसर्कादेखि समुद्री सतहबाट तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीसम्म पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष तारा गर्बुजा पुनका अनुसार ३० जना मजदुरले पाँच हप्तासम्म जङ्गलमै बसेर डेढ मिटर फराकिलो पदमार्ग निर्माण गरेका हुन् । भिरालो र अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी बनाउने, झाडी फाँड्ने तथा माटो काटेर घोडा र खच्चड हिँड्न मिल्ने गरी पदमार्ग बनाइएको छ । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पर्ने सोवाङधुरीबाट धवलागिरिसहित गुर्जा, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट सूर्योदय, बागलुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, खोपारा तथा म्याग्दी र पर्वतका ग्रामीण बस्तीको दृश्य पनि देखिन्छ । चिमखोलाको मण्डली युवा क्लबले तीन वर्षअघि सोवाङधुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो । सोवाङधुरीबाट रघुगङ्गाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङतातोपानी, दाना हुँदै मुस्ताङको लेते पुग्न सकिन्छ । चिमखोलाबाट भने एक दिनमै सोवाङधुरी पुग्न सकिन्छ । पर्यटकको सुविधाका लागि यसअघि स्थानीयको पहलमा २० जना क्षमताको आश्रयस्थल, पानी सङ्कलन गर्ने ड्रम र गाउँपालिकाको सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पदमार्गको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले यस वर्ष थप तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष थकबहादुर पाइजाले बताए । चिमखोला–सोवाङ–दोवा पदमार्गलाई व्यवस्थित गर्न सिसर्का र सिजीमा आश्रयस्थल तथा सिजीदेखि थामखर्कसम्म एक किलोमिटर पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सङ्घीय सरकारसँग बजेट माग गरिएको गाउँपालिकाले जनाएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पहलमा पर्यटन विभागले गत जेठमा दोवा–सोवाङ–चिमखोला पदमार्गको सम्भाव्यता अध्ययन पनि गरेको थियो । यसअघि टान र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा विसं २०६८ मा धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
Latest NewsJust now

गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य

बागलुङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यसै वर्ष बागलुङको निसेलढोरमा केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्। निसेलढोरमा विद्युत् पुगेपछि गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ छ। बिहीबार बागलुङको ढोरपाटनमा केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यहाँबाट करिब ११ किलोमिटर टाढा रहेको निसेलढोरमा पनि यसै वर्ष बिजुली पुर्‍याउने लक्ष्य रहेको बताए। बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरोको निरीक्षणपछि उनले विद्युत् ...

नेपालन्युज
जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार
Latest NewsJust now

जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार

• साउदी अरब, रुस र ओपेक प्लसका अन्य १९ सदस्य राष्ट्रहरूले उत्पादन कोटाहरू निर्धारण गर्न अनलाइन बैठक गर्दैछन्, जसमा कठिन वार्ताको अपेक्षा गरिएको छ। • ओपेक सदस्य इरान र युक्रेनमा रुसको आक्रमणका कारण ऊर्जा बजारमा अनिश्चितता छ, जसले उत्पादन कोटामा असहमति निम्त्याउन सक्छ। • इराकले आफ्नो उत्पादन क्षमताको मूल्यांकन अस्वीकार गर्दै ओपेकसँग उत्पादन सीमा बढाउन वार्ता गरिरहेको छ, जबकि संयुक्त ...

नेपालबहस
४० वर्ष कटेपछि दौड सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान
Latest NewsJust now

४० वर्ष कटेपछि दौड सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान

• ४० वर्षपछि दौड सुरु गर्न ढिला भइसकेको सोच गलत हो, नियमित अभ्यास र उचित प्रशिक्षणले स्वस्थ जीवनशैली कायम गर्न मद्दत गर्छ। • दौडले मुटुको स्वास्थ्य सुधार, रक्तचाप नियन्त्रण, र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, तर शरीरको अवस्थाअनुसार सावधानी अपनाउन आवश्यक छ। • दौड सुरु गर्नुअघि स्वास्थ्य परीक्षण गराउनु उपयुक्त छ र प्रारम्भिक चरणमा क्रमिक अभ्यास र बलियो मांसपेशीको विकासमा ...

नेपालबहस
लागूऔषधसहित चार जना पक्राउ
Latest NewsJust now

लागूऔषधसहित चार जना पक्राउ

झापा। झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्। मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement