Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत

Share:WhatsAppFacebookX (Twitter)Telegram
छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
Photo / Coverage: पर्दाफास

छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कवि द्वय निर्मोही व्यास (जीवनसङ्गिनी वीणा पोखरेलसहित) र सिर्जना अर्याललाई प्रदान गरेको छ । वरिष्ठ कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ सालबाट सञ्चालन हुँदै आएको छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक—एकजना वरिष्ठ कवि र युवाकविलाई पुरस्कृत गर्दै आएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक तथा काव्यशास्त्रविद् प्रा.डा.महादेव अवस्थी, अक्षयकोष संस्थापकमध्येका प्रतिनिधिहरू नेत्रकला ज्ञवाली र प्रा.डा.हेमनाथ पौडेलले दुई पुस्ताका कवि व्यास र अर्याललाई उक्त पुरस्कार प्रदान गरे । प्रमुख अतिथि डा.अवस्थीले छन्दसाधक द्वय व्यास र अर्यालले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गरे । साथै,उनले अभियानका संयोजक द्वय ज्ञवाली र नेपालले सिर्जना, समालोचना, प्रशिक्षण र उत्प्रेरणामूलक कार्यक्रमहरूका माध्यमबाट छन्दमा युवापुस्ता र बालपुस्तासमेत निर्माण गरेकामा धन्यवाद व्यक्त गरे । प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्रा.डा. देवी नेपालले ‘प्रा.डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरी अनवरत रूपमा १९ शृङ्खलासम्म सञ्चालन गर्न सफल भएको बताए । कोभिड–१९ का कारणले स्थगित भएको उक्त शृङ्खलापछि अनलाइन कार्यक्रममार्फत विश्वभरका २८० जनाभन्दा बढी छन्द कविहरूलाई छन्द—तरङ्गले प्रस्तुत गरिसकेको चर्चा गर्दै अर्का संयोजक नेपालले छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिँदैआएको उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सिन्दुरे जात्रा’ को ट्रेलर ट्रेन्डिङमा, के भन्दैछन् दर्शक ?
OthersJust now

‘सिन्दुरे जात्रा’ को ट्रेलर ट्रेन्डिङमा, के भन्दैछन् दर्शक ?

काठमाडौं । मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘सिन्दुरे जात्रा’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा उक्लिएको छ । मंरिस १० गते सार्वजनिक भएको ट्रेलर दर्शकले मन पराउँदा युट्युब ट्रेन्डिङमा आएको हो । यो समाचार तयार पार्दासम्म ट्रेलर युट्युबको ५ नम्बर ट्रेन्डिङमा छ । ट्रेलर हेरेर कमेन्ट गर्नेहरूले ट्रेलर हेरेर सिनेमा राम्रो छ जस्तो लाग्यो भन्दै… ...

अनलाइन खबर
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि काठमाडौं जलवायु घोषणा जारी
OthersJust now

जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि काठमाडौं जलवायु घोषणा जारी

काठमाडौं महानगरपालिकाले जलवायु न्याय, समावेशी विकास र उत्थानशील शहर निर्माणका लागि सातबुँदे प्रतिवद्धतासहित ‘काठमाडौं जलवायु घोषणा २०८३’ जारी गरेको छ । आईतवार काठमाडौं जलवायु कार्य सप्ताह, २०८३ को समापन समारोहमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले घोषणा सार्वजनिक गरेकी हुन् । मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको काठमाडौं जलवायु कार्य सप्ताहमा प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा लैजाने उद्देश्यले घोषणा ...

पर्दाफास
पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहयोग
OthersJust now

पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहयोग

१३ मंसिर, काठमाडौं । नेपाली पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि शिवम् सिमेन्टले सहयोग गर्ने भएको छ । सन् २०१७ देखि पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । गत वर्ष सम्पन्न अन्तर्राष्ट्रिय वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा स्वर्ण… ...

अनलाइन खबर
रास्वपा महामन्त्री भन्छन्– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छौं
OthersJust now

रास्वपा महामन्त्री भन्छन्– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छौं

पत्रकारिता क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउने काममा रास्वपा प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले पत्रकार महासङ्घले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको र सम्बन्धित निकायसम्म ती विषय पुर्‍याउने आश्वासन दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement