Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

छठ पर्व अन्तर्गत आज ‘खरना’

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्व अन्तर्गत आज ‘खरना’
Photo / Coverage: केन्द्रबिन्दु

पर्सा । शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्। ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा ब्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन्। ब्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खुवाउने चलन छ। कतिपय ब्रतालुले छरछिमेकीलाई समेत रस्याउ रोटी खान अग्रिम निम्तो दिने गर्छन्। रस्याउ रोटी खाने व्रतालु तथा अन्य सदस्यले पनि दिनभर मासु, माछालगायत तामसिक भोजन नगरी शुद्ध शाकाहारी भोजन गर्ने परम्परा छ। शनिबार साँझ रस्याउ रोटी ग्रहण गरेपछि ब्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार ब्रत बस्नेछन्। आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर मात्र उनीहरूले ब्रत समापन गर्नेछन्। आइतबार साँझ ब्रतालु तथा उनीहरूका परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका आकर्षक छठ घाटमा पुग्नेछन्। नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजाका सामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्‍याउने चलन छ। विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन्। छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। त्यसपछि उनीहरू घण्टौंसम्म घाटमै बसेर पूजाअर्चना गर्नेछन्। केही ब्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन्। कोशी भर्ने क्रममा परिवारका सदस्य, आफन्त तथा छरछिमेकीसमेत पूजाअर्चनाका लागि सहभागी हुन्छन्। घाटमै बस्ने ब्रतालु भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने गर्छन्। इतिहासकार विजयकिशोर पाण्डेका अनुसार छठ पर्वमा ब्रतालुलाई पूजाअर्चना गर्न पुरोहितको आवश्यकता पर्दैन। ‘छठ मात्र यस्तो पर्व हो, जसमा ब्रतालुलाई पुरोहित आवश्यक पर्दैनन्,’ उनले भने, ‘ब्रतालु आफैंले पूजा गर्छन्। माटोको हात्तीलाई पूजा गर्ने यस व्रतबाट मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।’ ब्रतालुका घरघरमा शनिबार छठ पर्वमा चढाइने विशेष प्रकारको प्रसाद ठेकुवा पनि पकाइनेछ। यस काममा परिवारका महिला सदस्यले ब्रतालुलाई सघाउने गर्छन्। प्रसाद पकाउँदा अत्यन्त चोखोनितो र शुद्धताको ख्याल गरिन्छ। छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाट बेहुलीझैं सिँगारिएका छन्। जिल्लाका ग्रामीण भेगमा पनि छठ घाट तयार पारिएका छन्। वीरगन्जको घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले हरेक वर्ष राष्ट्रियस्तरमा चर्चा पाउने गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play