Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुको सट्टा संकुचित गर्न खोजियो : प्रभु साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुको सट्टा संकुचित गर्न खोजियो : प्रभु साह
Photo / Coverage: पर्दाफास

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय पर्वको रूपमा सिमित गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । साहले वैज्ञानिक महत्व बोकेको यस महान पर्वलाई युनेस्कोको इन्टाजिवल कल्चरल हेरिटेज लिष्टमा समावेश गर्न पहल गर्नुपर्नेमा अहिले नयाँ भनिएकाहरू उल्टै यस पर्वलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित गराउन उद्धत रहेको आरोप लगाए । चार दिनसम्म मनाईने यस पर्वमा अहिलेको सरकारले जम्मा दुई दिनमात्रै सार्वजनिक बिदा दिएर सञ्जालमा ठूलो काम गर्यौं भनेर ढोल पिटेकोमा पनि साहले आपत्ति जनाए । उनले चार दिनसम्म मनाउने पर्वमा चारै दिन बिदा दिनुपर्नेमा त्यसा नगरिएकोमा गुनासो पोखे । छठ पर्व मधेशमा मात्रै नभएर सिंगो देश र विदेशको कुना कुनासम्म फैलिएको उल्लेख गर्दै साहले अहिले काठमाडौंबाट केही नेताहरुको लावालस्कर मधेश झरेर यसलाई क्षेत्रीय पर्वको रुपमा सिमित गराउन खोजेको आशंका व्यक्त गरे । उनले छठ पर्वको प्रभावलाई अझै प्रभावशाली बनाउनुको साथै विश्वव्यापी विस्तार गरिनुपर्ने उल्लेख गरे । उनले भने ‘यो पर्वलाई संकुचित गरिनु हुँदैन, यसलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरिनुपर्छ ।’ सो क्रममा उनले सूर्य उपासनाको महापर्व छठ पूजाको पावन अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘लोक आस्थाको यस पवित्र अनुष्ठानमा सूर्यदेव तथा छठी माताको आराधनामा समर्पित सम्पूर्ण व्रतालुहरूप्रति हार्दिक नमन ! छठी माताको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस् । समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनोस् । यही हार्दिक मङ्गलकामना !’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य
OthersJust now

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेनत तलतको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो । ...

अनलाइन खबर
मन्दिरमा भयो ‘हनुमान अंश’को सक्सेस पार्टी : भजन–आरती, पाहुनालाई सात्त्विक भोजन
OthersJust now

मन्दिरमा भयो ‘हनुमान अंश’को सक्सेस पार्टी : भजन–आरती, पाहुनालाई सात्त्विक भोजन

कार्तिक आर्यन मुम्बईको जुहुस्थित इस्कोन मन्दिरमा फिल्म ‘हनुमान अंश’को सफलताको उत्सवमा सहभागी भएका छन् । फिल्मले हलमा प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा निर्माण पक्षले उक्त कार्यक्रम आयोजना गरेको हो । करिब १ करोड ५० लाखदेखि २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यस फिल्मले भारतमा ३४२ करोड ८६ लाख भारु नेट र विश्वभर ४५३ करोड… ...

अनलाइन खबर
जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
OthersJust now

जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

अर्थमन्त्री वाग्लेले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । ...

अनलाइन खबर
छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने
OthersJust now

छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने

छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दमकस्थित रतुवा खोला किनारमा १०० जना प्रहरी परिचालन गरिने भएको छ । पूजा स्थलमा प्रहरी सहायता कक्ष स्थापना गर्नुका साथै ड्रोनमार्फत समेत निगरानी गरिने भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काले छठ पर्वको सुरक्षाका लागि आवश्यक तयारी गरिएको जानकारी दिएका हुन् । उनका अनुसार भक्तजनको सुरक्षा र सम्भावित अवाञ्छित गतिविधि ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play