AFP via Getty Images रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा पराजय भोगेपछि ट्रम्प प्रशासनमा गर्न लागिएका परिवर्तनमा अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र विदेशमन्त्री मार्को रुबिओले पद गुमाउन सक्ने चर्चाको ह्वाइट हाउसले खण्डन गरेको छ।अमेरिकी सञ्चारमाध्यमहरूले रिपब्लिकन पराजयको मुख्य कारण भनेर आरोप लगाइएको इरान युद्धमा निर्वाह गरेको भूमिकाका लागि विशेष गरी हेस्गेथलाई हटाउन माग गरिएको विवरण प्रकाशित गरेका छन्।पदावधि सकिन लागेका एक रिपब्लिकन कङ्ग्रेस सदस्यले अर्को सातासम्ममा महाभियोगको मतदान गर्न बाध्य बनाउने चेतावनी दिएका छन्। रक्षामन्त्रीले आफ्नो कार्यसम्पादनको प्रतिरक्षा गरेका छन् र उक्त प्रयासको निन्दा गरेका छन्।"उनीहरूले ममाथि आक्रमण गरेको तपाईँ देख्न सक्नुहुन्छ। उनीहरूले आक्रमण गरिरहेका छन् किनभने हामी प्रभावकारी छौँ," उनले भने। "त्यसले काम गर्दैन। किनभने हामी पछि हट्दैनौँ।" मध्यावधि निर्वाचनको नतिजाका कारण ट्रम्पको शक्ति अमेरिकाभित्र 'खुम्चिन सक्छ', तर बाँकी विश्वमा के होला अमेरिकामा ट्रम्पको पार्टी पराजित, अब दुवै सदन डेमोक्र्याटहरूको नियन्त्रणमा यसैबीच रुबिओले सन् २०२८को राष्ट्रपतीय निर्वाचन अघि आफूले पद छाड्नेबारे विचार गरिरहेको विवरण अस्वीकार गरेका छन्।राष्ट्रपति ट्रम्पसँग उनको कार्यकालको अन्तिमसम्म काम गर्नु आफ्नो योजना भएको रुबिओले द न्यूयोर्क टाइम्सलाई दिएको अन्तरवार्तामा भनेका छन्।"म आफूले गरिरहेको कामलाई माया गर्छु," रुबिओले भने। "मैले आफ्नो जिम्मेवारी छाड्न लागेको उनीहरूले भनेको देख्दा मलाई सधैँ हाँसो लाग्छ।" इरान युद्ध अन्त्य होस् भन्ने चीनको चाहना, तर ट्रम्पले रोजे जसरी होइन अमेरिका-इरान सम्झौताले उठाएको पन्छाउन नसकिने प्रश्न - युद्ध केका लागि थियो? ह्वाइट हाउसले के भन्छह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालय दुवैले यस साता सम्पन्न मध्यावधि चुनावमा पराजयपछि रुबिओले पदत्याग गर्न लागेको भन्दै आएको विवरणलाई 'मिथ्या समाचार' भनेका छन्।यद्यपि अमेरिकी रक्षामन्त्रीको राजनीतिक भविष्य चाहिँ अलि अन्योलपूर्ण देखिन्छ।डेमोक्र्याटहरूले हाउस अफ रिप्रिजेन्टेटिभ्स र सीनेट दुवैमा पूर्ण नियन्त्रण कायम गर्ने गरी रिपब्लिकनहरूलाई पराजित गरेपछि चुनाव हार्नुको कारण इरान युद्ध भएको राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले स्वीकार गरेका छन्। एबीसी न्यूजसँगको टेलिफोन अन्तरवार्तामा ट्रम्पले आफूलाई हेग्सेथका बारेमा "फोनहरू आएको" बताउँदै उनलाई पदमा नै राखिराख्ने "पूर्ण मनसाय" आफ्नो रहेको सुनाए।बिहीवार अबेर उनले संवाददाताहरूसँग ह्वाइट हाउसमा भने, "पिट हेग्सेथले एकदम राम्रो काम गरेका छन्।" त्यस क्रममा ट्रम्पले भेनेजुएलाका नेता निकोलास मडुरोलाई गएको ज्यानुअरीमा पक्राउ गरिएकोदेखि नौ महिनादेखि जारी इरान युद्धसम्मका विषयलाई आफ्नो उपलब्धिको रूपमा प्रस्तुत गरेका थिए। EPA/Shutterstock बिहीवार द वाशिङ्टन पोस्टले राष्ट्रपति ट्रम्पले जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष जेनरल डान केन अथवा सेन्ट कमका प्रमुख एड्माइरल ब्र्याड कुपरलाई बर्खास्त गर्नेबारे विचार गरिरहेको हुन सक्ने विवरण प्रकाशित गरेको थियो। उनीहरू दुवै जनाले इरान युद्धका लागि सुझाव प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।यसैबीच ट्रम्पका एक आलोचक रिपब्लिकन प्रतिनिधि टामस मासीले आफूले हेग्सेथविरुद्ध महाभियोग लगाउने योजना अघि बढाउने बताएका छन्।उनले आफूले रक्षामन्त्रीलाई बर्खास्त गर्ने प्रस्ताव अर्को साताको प्रारम्भमा अघि बढाउने बताए।उनले सामाजिक सञ्जाल एक्समा राष्ट्रपतिले ज्यानुअरीमा डेमोक्र्याटिक नियन्त्रणको कङ्ग्रेस गठन हुनुअघि नै हेग्सेथलाई हटाउनुपर्ने चेतावनी दिएका छन्।"उनले आफूले उनको प्रतिस्थापन सीनेटले सुनिश्चित गर्ने सक्ने समयमा नै त्यसो गर्नुपर्छ," मासीले एक्समा लेखेका छन्। चुनावमा होमिँदै इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव ट्रम्पले सी जिन्पिङलाई राजकीय भोजमा किन 'बल्ड ईगल'को प्रतिमा उपहार दिए हेस्गेथले पनि टेनीसीमा रिक्त रहेको एउटा सीटबाट सीनेटका लागि उम्मेदवार बन्न इच्छुक भएको चर्चा पनि छ।एउटा भिडिओ सन्देशमा हेग्सेथले "असन्तुष्ट, पराजित कङ्ग्रेसम्यानले" उनका डेमोक्र्याट साझेदारहरूसँग मिलेर आफूविरुद्ध "महाभियोगको विषयमा नक्कली लेख" मार्फत् प्रयास गरेको दाबी गरेका छन्।उक्त भिडिओमा उनले राष्ट्रपति ट्रम्पको 'अमेरिका पहिला' नीतिअन्तर्गत रक्षा मन्त्रालयले हासिल गरेका उपलब्धिको चर्चा गरेका छन्।उनका अनुसार त्यसमा सैन्य भर्ना फेरि थाल्नु, रक्षा उद्योगको पुनर्निर्माण र विविधतालाई प्रवर्धन गर्ने प्रयासलाई अन्त्य गर्नु पनि पर्छन्।डेमोक्र्याटहरूबारे टिप्पणी गर्दै उनले उनीहरूको नीतिले काम नगर्ने बताए। "त्यसैले शक्तिलाई राजनीतिक नाटकको रूपमा प्रस्तुत गर्ने उनीहरूको मोहले आफ्ना विरोधीहरूलाई समाप्त पार्ने प्रयास गर्न प्रेरित गर्छ। यो पूर्ण रूपमा व्यक्तिगत राजनीतिक प्रतिशोधबाहेक अरू केही होइन।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
चुनावमा पार्टी पराजित भएपछि रक्षामन्त्री र विदेशमन्त्री हटाइन लागेको ह्वाइट हाउसद्वारा खण्डन

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






