Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

चिसो बढेसँगै सगरमाथाबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिसो बढेसँगै सगरमाथाबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी
Photo / Coverage: केन्द्रबिन्दु

सोलुखुम्बु। हिउँदको चिसो बढ्दै गएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ। यसले शरद् पर्यटन सिजन क्रमशः सकिँदै गएको सङ्केत गरेको छ। जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा हवाई मार्गबाट एक हजार १८० पर्यटक सगरमाथा क्षेत्र (खुम्बु) बाट बाहिरिएका छन् भने ५२९ जना प्रवेश गरेका छन्। प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार उक्त अवधिमा ८७७ विदेशी र ३०३ नेपाली पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन्। यसैगरी, ३७४ विदेशी र १५५ नेपाली पर्यटक खुम्बु प्रवेश गरेका छन्। विवरणअनुसार बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन्। नेपाली पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष बाहिरिएका छन्। त्यसैगरी, प्रवेश गर्ने विदेशी पर्यटकमा १०२ महिला र २७२ पुरुष तथा नेपाली पर्यटकमा ५४ महिला र १०१ पुरुष छन्। खुम्बु क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र भएको स्थानीय दाली शेर्पाले बताए। उनका अनुसार नाम्चे बजारमै रातको समयमा तापक्रम माइनसमा झर्न थालेको छ। “राति र बिहान तापक्रम माइनसमा पुग्न थालेपछि पानी जम्न थालेको छ। त्यसैले चिसो बढेको महसुस हुन थालेको हो,” उनले भने। सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुन्छ। मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस अवधिमा पर्यटकको आगमन बढ्ने गर्छ। तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने, राति अत्यधिक चिसो हुने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्किने क्रम तीव्र हुन्छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढ्दा पर्यटकको बसाइ अवधि र गतिविधिमा असर पर्ने बताए। सिजनको अन्त्यतिर मौसम, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर पर्यटकले आफ्नो यात्रा व्यवस्थापन गर्ने भएकाले फर्किने क्रम बढ्ने उनको भनाइ छ। खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव पर्ने बताए। शरद् सिजनमा पर्यटकको चाप उच्च रहने भए पनि जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रको यात्रा कठिन बन्दै जाने र पर्यटकको सङ्ख्या घट्ने पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताए। लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको आवागमनमा मौसमी अवस्था र पर्यटन सिजनको प्रत्यक्ष प्रभाव देखिन्छ। पर्यटकको चाप बढ्दा हवाई आवागमन पनि बढ्ने र सिजन कमजोर हुँदै जाँदा बाहिरिने पर्यटकको सङ्ख्या बढ्ने गरेको उनले बताए। “मौसमको अवस्था हवाई उडानका लागि महत्त्वपूर्ण हुने भएकाले लुक्ला विमानस्थलबाट हुने उडान गतिविधि पनि मौसमअनुसार प्रभावित हुन्छ,” उनले भने। चिसो बढेसँगै पर्यटकको आवागमन र स्थानीय पर्यटन व्यवसायमा समेत परिवर्तन देखिन थालेको लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले बताए। मुख्य पर्यटकीय सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा चहलपहल क्रमशः घट्दै जाने उनको अनुभव छ। उच्च क्षेत्रमा चिसो बढेपछि पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्रतर्फ फर्किने प्रवृत्ति देखिने उनले बताए। प्रहरीको पछिल्लो साप्ताहिक विवरणअनुसार उक्त अवधिमा खुम्बु क्षेत्रमा ६९ वटा विमान र २८ वटा हेलिकप्टर उडान भएका छन्। पर्यटकको आवागमनका लागि हवाई सेवा महत्त्वपूर्ण माध्यम रहेकाले मौसम, पर्यटकको चाप र पर्यटन सिजनको अवस्थाले उडान गतिविधिमा समेत प्रभाव पार्ने गरेको छ। सगरमाथा क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्य हो। सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे र लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि अन्तरराष्ट्रिय पर्यटकका प्रमुख आकर्षण हुन्। वसन्त र शरद् गरी वर्षमा दुई मुख्य पर्यटन सिजनमा यहाँ पर्यटकको आवागमन बढी हुने पर्यटनविद् आङछिरिङ शेर्पा बताउँछन्। वसन्त सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्मलाई मुख्य पर्यटन अवधि मानिन्छ। शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप बढी हुने भए पनि सिजन सकिँदै जाँदा उच्च हिमाली क्षेत्रको तापक्रम घट्ने र मौसममा परिवर्तन आउने क्रमले पर्यटन गतिविधि प्रभावित हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा आगामी दिनमा मौसम थप प्रतिकूल हुन सक्ने र त्यसको प्रभाव पर्यटकको आवागमनमा समेत देखिन सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ। प्रहरीको पछिल्लो तथ्याङ्कले पनि खुम्बु क्षेत्रमा शरद् सिजनको अन्त्यसँगै पर्यटक फर्किने क्रम तीव्र बनेको देखाएको छ। प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी हुनुले सगरमाथा क्षेत्रको पर्यटन चहलपहल अब क्रमशः घट्ने सङ्केत गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या
Latest NewsJust now

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार... ...

रातोपाटी
जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने भएपछि खुसी
Latest NewsJust now

जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने भएपछि खुसी

विजयकुमार साह ढल्केबर, मङ्सिर ६ गते । जनकपुरधाम र भारतको अयोध्याबिच रेल सेवा सञ्चालन हुने भएपछि जनकपुरसहित मधेश प्रदेशका स्थानीय उत्साहित भएका छन् । धार्मिक, सांस्कृतिक तथा ऐतिहासि... ...

गोरखापत्र
रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन
Latest NewsJust now

रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । राइड सेयरिङ सेवामा यात्रुबाट अस्वाभाविक रूपमा बढी भाडा असुल्ने गरेको विषयमा रातोपाटीले समाचार प्रकाशित गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो देखाएको छ । रातोपाटीले शनिबार 'संकटमा यात्रुको... ...

रातोपाटी
ट्याक्टरबाट खसेर पुरुषको मृत्यु
Latest NewsJust now

ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play