काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान सिकन्दर राजाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्नुभएको छ । यससँगै काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । अंक तालिकामा काठमाडौं गोर्खाज ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने चितवन राइनोज ५ अंकका साथ चौथो स्थानमा छ । दुवै टोली आजको खेल जित्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
चितवन राइनोजले जित्यो टस, काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






