काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको आज टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले चितवन राइनोजविरुद्ध आक्रामक सुरुवात गरेको छ । ६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४६ रन बनाएको याक्सले ७.६६ को रनरेट कायम राखेको छ । इनिङ्सको सुरुवातमा आरिफुल इस्लामले विस्फोटक प्रदर्शन गर्दै मात्र १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रनको आक्रामक पारी खेले । यद्यपि, चितवनका बलरहरूले सुरुवातमै दबाब सिर्जना गर्दै शीर्ष क्रमका ब्याट्सम्यानहरूलाई पेभेलियन फर्काए । कमल ऐरीले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए, जसमा सचिन शर्मालाई शून्य रनमा र दीपक दुम्मीलाई ७ रनमा आउट गरेका थिए । त्यस्तै, सलाहउद्दीन खानले पनि एक विकेट लिँदै खतरनाक देखिएका इस्लामलाई आउट गरे । पावरप्लेको समाप्तिसम्म कप्तान डेभिड मिलर र पवन सर्राफ क्रिजमा टिकिरहेका छन् ।
चितवनविरुद्ध पावरप्लेमै कर्णालीको ३ विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






