काठमाडौं । घरजग्गा तथा व्यवसाय चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो-२०२६’ आयोजना हुने भएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भी ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित एक्स्पो सेन्टरमा सञ्चालन हुने एक्स्पोको उद्देश्य घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नु रहेको संघका अध्यक्ष बाबुराम अधिकारीले पत्रकार सम्मेलना जानकारी गराउनुभयो । नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसाय पुनः विगतकै अवस्थामा फर्काउन, आधुनिक निर्माण प्रविधि प्रवर्द्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आयोजकका अनुसार एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा बिक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् ।
चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’ हुने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






