काठमाडौं । तराईबासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ । छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो। चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा विशेष चहलपहल देखिएको थियो । भक्तजनहरूले नदी किनारमा पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । केही वर्षअघिसम्म तराईबासी समुदायले मुख्य रूपमा मनाउने गरेको छठ पर्व अहिले सबै जातजाति तथा विभिन्न धर्मावलम्बीहरूले समेत मनाउन थालेको तराई सामुदायिक सेवा समिति चितवनका उपाध्यक्ष नारदप्रसाद परियारले बताए । उनले छठ पर्वको छुटै धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताए । छठ पर्व ४ दिन लगातार चल्ने र छठ पर्व पौराणीक काल देखि हुँदै आएको र यस पर्व सन्तानको दिर्घायु सुस्वनस्थ्य र सम्पुर्ण परिवारको उन्नती प्रगतीको गरिदै आएको उनले बताए । भक्तजनहरूको सहजताका लागि करिब तीन सय मिटर लम्बाइ र ८० मिटर चौडाइको टेन्ट निर्माण गरी बस्न तथा पूजा गर्न आवश्यक व्यवस्था मिलाइएको तराई सेवा समिति चितवनका अध्यक्ष जयकिशोर पाण्डेले बताए । उनले छठ पूजा स्थल निर्माण तथा व्यवस्थापनको काम दाताहरूको सहयोगमा गरिएको बताए ।
चितवनमा पनि धुमधामका साथ मनाइँदैछ छठ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






