Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलन बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए । त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । कार्यालयका अनुसार सडक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको ट्राफिक कारबाही तथा जरिवाना सङ्कलनमा भने उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । त्यसबाट रु नौ लाख २४ हजार ५३१ जरिवाना सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ । यसबाट रु १७ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने यस वर्ष घटेको छ । गत आर्थिक वर्षमा ६९ वटा मापसे कारबाहीबाट रु ३७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा ५६ वटा कारबाहीबाट रु ३० हजार सङ्कलन भएको छ । त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही नभएकामा यस वर्ष २४ वटा कारबाही भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले अनुसार चाडपर्वलाई लक्षित गरी गरिएको कडा ट्राफिक चेकजाँच, नियम उल्लङ्घन गर्नेमाथिको कारबाही तथा जनचेतनामूलक कार्यक्रमका कारण सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताए । उनले चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि सवारी नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरे । सुरक्षित यात्रालाई प्राथमिकता दिन पनि उनले चालक तथा यात्रुसँग अनुरोध गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

• चेक गणतन्त्रको प्रागमा तीन लाख ५० हजार मानिसले सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्थामा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन्। • प्रदर्शनकारीहरूले सरकारले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्ने योजनालाई फिर्ता लिन माग गरेका छन् र विपक्षीको बोल्ने समय सीमित गरेर मतदान गरिनुमा पनि विरोध जनाएका छन्। • प्रधानमन्त्री बाबिसले योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गरेका छन्, तर प्रदर्शनकारीहरूले रुससमर्थक दलका ...

नेपालबहस
भारतका लागि नेपालका राजदूत नियुक्त
Latest NewsJust now

भारतका लागि नेपालका राजदूत नियुक्त

काठमाडौँ । गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा डा‍.निश्चलनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको... ...

रातोपाटी
सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने
Latest NewsJust now

सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सङ्घीयताको मर्मअनुसार प्रदेश ...

केन्द्रबिन्दु
आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह
Latest NewsJust now

आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन्। आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो।  यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्का... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play