Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

चितवनमाथि सुदूरपश्चिमको सहज जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमाथि सुदूरपश्चिमको सहज जित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमले दोस्रो जितपछि चार खेलबाट चार अंक जोडेको छ । चितवनको भने यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको चितवनले दोस्रो खेल वर्षाले रद्द हुँदा लुम्बिनी लायन्ससँग एक-एक अंक बाँडेको थियो । चितवनको तीन खेलबाट तीन अंक छ । चितवनको हारपछि अब साविक विजेता लुम्बिनी मात्र तेस्रो संस्करणमा एक मात्र अपराजित टिमको रुपमा छ । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ४३ रन बनाउनुभयो । इशान पान्डेले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोड्नुभयो । ३ रनमै पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि म्याकमुलेनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गर्नुभएको थियो । विनोद ११ रन बनाएर आउट हुनुभयो । त्यसपछि म्याकमुलेनले इशानसँग तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गर्नुभयो । म्याकमुलेन र कप्तान दीपेन्द्र सिंह लगातार आउट हुँदा सुदूरपश्चिम ७०-४ को स्थितीमा पुगेको थियो । तर, आरिफ शेख र इशान पाण्डेले पाँचौ विकेटको लागि ३३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्नुभयो । इशान आउट भएपछि आरिफले शेरफान रथरफोर्डसँग मिलेर सुदूरपश्चिमलाई जितसम्म पुर्‍याउनुभयो । रथरफोर्डले १५ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित २१ रन बनाउनुभयो । आरिफले २६ बलमा अविजित २० रन जोड्नुभयो । बलिङमा चितवनका लागि रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिनुभयो । रिजन ढकाल र मौसम ढकालले १-१ विकेट लिनुभयो । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको ४९ रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो । चितवनका लागि रवि बोपारले सर्वाधिक ४९ रन बनाउनुभयो । चौथो नम्बरमा ब्याटिङ गर्नुभए बोपाराले ४० बलमा ३ चौका र २ छक्का मदतमा ४९ रन बनाएर आउट हुनुभयो । अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट हुनुभयो । २७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गर्नुभएको थियो । यस्तै बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गर्नुभएको थियो । डाविड मालानले १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन रन बनाउनुभयो । टम टेलर ६ रनमा अविजित रहनुभयो । सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १–१ विकेट लिनुभयो । एनपिएलमा आज (मंगलबार) पनि दुई खेल हुनेछ । पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ । करण र रासिदको साझेदारीमा काठमाडौं गोर्खाजको पहिलो जितयसैबीच, सोमबार भएको एनपिएलको पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । लगातार दुई खेल जित्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको कर्णालीले काठमाडौंसँग पराजित भएसँगै पहिलो हार व्यहोरेको छ । पहिलो खेलमा पराजित भएको काठमाडौंले भने जितको खाता खोलेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो । कर्णालीका लागि ओपनर आरिफूल इस्लामले सर्वाधिक ४४ रन बनाउनुभयो । उहाँले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्नुभयो । कर्णालीले पावरप्लेमा आक्रामक ब्याटिङ गर्दै एक विकेटको क्षतिमा ६५ रन जोडेको थियो । तर, मध्यक्रममा रनगति केही सुस्त बनेको थियो । हुसैन तलातले ४० रन बनाउनुभयो । उहाँले पवन सर्राफसँग पाँचौँ विकेटका लागि ६५ रनको साझेदारी गर्नुभयो । पवनले २४ बलमा दुई छक्कासहित अविजित ३० रन बनाउनुभयो ।गुल्सन झाले २० रन जोड्दा मार्क वाटले १७ तथा दीपकप्रसाद डुम्रेले आठ रन बनाउनुभयो । सोमपाल कामी एक रनमा अविजित रहनुभयो । काठमाडौंका लागि करण केसीले दुई विकेट लिनुभयो भने साहब आलम, देव शाह, जहानदाद खान र सन्तोष यादवले समान एक विकेट लिनुभयो । १८१ रनको लक्ष्य पछ्याएको काठमाडौंको सुरुआत भने अपेक्षाअनुसार हुन सकेन । ओपनर डेविड वार्नरले १६ र स्मिथ पटेलले नौ रन मात्रै बनाउन सक्नुभयो । मोहम्मद आदिल आलमले २० रन जोड्दा टोली दबाबमा थियो । तर, पाँचौँ विकेटका लागि रासिद खान र कप्तान करण केसीबीच भएको ५५ रनको महत्त्वपूर्ण साझेदारीले काठमाडौंलाई जितको बाटोमा फर्कायो । रासिदले आक्रामक अर्धशतकीय पारी खेल्दै ३३ बलमा तीन चौका र दुई छक्कासहित ५० रन बनाउनुभयो । कप्तान करण केसीले पनि विस्फोटक ब्याटिङ गर्दै २० बलमा चार चौका र तीन छक्काको मद्दतमा ४४ रन जोडनुभयो । यी दुईको उत्कृष्ट ब्याटिङले काठमाडौंलाई लक्ष्य नजिक पुर्‍याएको थियो । जहानदाद खानले २२ रन बनाउनुभयो भने सन्तोष यादव पाँच रनमा अविजित रहनुभयो । कर्णालीका लागि सोमपाल कामी र हुसैन तलातले समान दुई विकेट लिनुभएको थियो भने मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पार्नुभयो । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको थियो । काठमाडौं भने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१३ अर्बका ६२ ठेक्का तोडिए
Latest NewsJust now

१३ अर्बका ६२ ठेक्का तोडिए

काठमाडौँ, कात्तिक १७ गते । मुलुकको सार्वजनिक निर्माण क्षेत्रमा ठेक्का ओगटेर बर्सौंसम्म काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकारले कडा कदम चालेको छ । पूर्वाधार व... ...

गोरखापत्र
काठमाडौँमा यी क्षेत्रमा जाँदैछ आज बिजुली
Latest NewsJust now

काठमाडौँमा यी क्षेत्रमा जाँदैछ आज बिजुली

आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  सूचना प्रकाशित गर्दै प्राधिकरणले १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्... ...

नेपालखबर
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
Latest NewsJust now

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

कास्की । पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन... ...

रातोपाटी
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’, १ सातामा ६४० जना पक्राउ
Latest NewsJust now

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’, १ सातामा ६४० जना पक्राउ

काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्।  पक्राउपर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play