Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

चार वर्षदेखि स्थिर दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाबीच सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार वर्षदेखि स्थिर दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाबीच सहमति
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । करिब चार वर्षदेखि वृद्धि नभएको दूधको मूल्य समायोजन गर्न डेरी क्षेत्रका सरोकारवालाबीच सहमति जुटेको छ । किसान, दुग्ध उत्पादक सहकारी तथा डेरी उद्योगीहरूले उत्पादन तथा प्रशोधन लागत बढेको भन्दै दूधको मूल्य वृद्धि गर्नुपर्नेमा एकमत भएका हुन् । राष्ट्रिय दुग्ध विकास बोर्डको हलमा बिहीबार दूधको उत्पादन लागतसम्बन्धी अध्ययनका लागि आयोजित छलफलमा सहभागी सरोकारवालाहरूले लागतका आधारमा वैज्ञानिक ढङ्गले दूधको मूल्य समायोजन गर्नुपर्ने धारणा राखेका छन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले चार वर्षदेखि दूधको मूल्य नबढ्दा किसानदेखि उद्योगीसम्म समस्यामा परेको बताउनुभयो । अन्य वस्तुको मूल्य बढिरहेको अवस्थामा दूधको मूल्य भने स्थिर रहनु उपयुक्त नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘दूधको मूल्य नबढेको लगभग चार वर्ष भयो । सबै कुराको मूल्य बढिरहेको बेलामा दूधको मात्र मूल्य नबढ्दा अप्ठ्यारो भयो भनेर किसान र उद्योगीबीच छलफल भएको हो । मूल्य बढाउने विषयमा सबैको एकरूपता छ । तर, कति बढाउने भन्ने कुरा अहिले नै तय हुँदैन । यसका लागि सबै पक्षको लागत गणना गर्नुपर्छ ।’ दूधको मूल्य निर्धारण गर्दा किसानको उत्पादन लागत, उद्योगीको खर्च र बजार मूल्यमा आएको परिवर्तनलाई समेत अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । सरोकारवाला संघसंस्थाले आफ्नो धारणा लिखित रूपमा बोर्डमा पेस गर्ने र बोर्डले प्राप्त सुझाव तथा अध्ययनका आधारमा मन्त्रालयलाई मूल्य समायोजनका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । दूधको मूल्य वृद्धिको माग गर्दै किसानहरूले आन्दोलन गर्ने घोषणा गरेको विषयमा दाहालले वार्ता र छलफलबाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘आन्दोलनले आफैँ समस्या समाधान हुँदैन । सरकारले वार्ता र छलफलबाट समस्या समाधान गर्न पहल गर्ने भनेको छ । बोर्ड पनि सरकारकै मातहतको निकाय भएकाले यसले प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ । बोर्ड र मन्त्रालयबाट पहल हुँदाहुँदै आन्दोलन गर्ने कुरा होइन । तर, माग सम्बोधन भएन भने आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ ।’ यस्तै, केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष अमरबहादुर कुँवरले किसानको समस्या र मर्कालाई ध्यानमा राखेर दूधको मूल्य बढाउनुपर्ने माग आफूहरूले यसअघि नै सरकारसमक्ष राखेको बताउनुभयो । उहाँका अनुसार संघले भदौ ८ गते दूधको मूल्य वृद्धि गर्न निर्णय गरी भदौ ९ गते सरकारलाई मागपत्र बुझाएको थियो । लामो समयसम्म मूल्य वृद्धि नहुँदा किसानहरू दूध उत्पादन व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानहरूले लामो समयदेखि पीडा भोग्दै आएका छन् । गाईलाई खुवाउने आहार र दानाको व्यवस्था गर्न नसक्ने अवस्था आएपछि किसानहरूले गाईपालन व्यवसाय छाड्न थालेका छन् । किसानका समस्या हेर्ने र उनीहरूको आवाज उठाउने जिम्मेवारी केन्द्रीय दुग्ध सहकारी संघको हो ।’ कुँवरले दूधको मूल्य वृद्धि नहुँदा उत्पादन घट्दै गएको र किसानहरू व्यवसायबाट बाहिरिन थालेको बताउनुभयो । किसानका मागप्रति विभिन्न जिल्लाका दुग्ध उत्पादक सहकारी संघहरूले समेत आवाज उठाइरहेको उल्लेख गर्दै उहाँले त्यसमा आफ्नो संघको ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले सरकारले मंसिर १० गतेभित्र दूधको नयाँ मूल्य घोषणा गर्ने र मंसिर १६ गतेदेखि लागू गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई मंसिर १० गतेभित्र सरकारले नयाँ मूल्य घोषणा गरेको सुन्न पाउने आशा छ । मंसिर १६ गतेदेखि नयाँ मूल्य लागू हुनेछ भन्ने अपेक्षा गरेका छौँ । यदि माग सम्बोधन भएन भने किसानहरू चुप लागेर बस्ने अवस्था छैन । सडकमा आएर भए पनि आफ्नो अवस्था र समस्या प्रदर्शन गर्नुपर्ने हुन्छ ।’ कुँवरले छलफल सकारात्मक रूपमा सम्पन्न भएको भन्दै सरकारबाट मूल्य वृद्धि हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । किसानका माग सम्बोधन नभए आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उहाँले चेतावनी दिनुभयो । छलफलमा सहभागी सरोकारवालाहरूले दूधको उत्पादन तथा प्रशोधन लागतको विस्तृत अध्ययन गरेर मूल्य वृद्धिको आधार तय गर्नुपर्नेमा जोड दिएका छन् । बोर्डले सरोकारवालाबाट प्राप्त सुझाव र आफ्नो अध्ययनका आधारमा मन्त्रालयलाई मूल्य समायोजनको सिफारिस गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुरक्षण मुद्रण केन्द्रद्वारा राहत कोषमा एक करोड पाँच लाख सहयोग
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रद्वारा राहत कोषमा एक करोड पाँच लाख सहयोग

गोरखापत्र अनलाइनकाठमाडौँ, मङ्सिर ३ गते। सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत क... ...

गोरखापत्र
आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति
Latest NewsJust now

आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

कास्की । कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति... ...

रातोपाटी
भारत भ्रमणमा जाँदा पनि परम्परागत बिदाइ नलिने प्रधानमन्त्री बालेनको तयारी
Latest NewsJust now

भारत भ्रमणमा जाँदा पनि परम्परागत बिदाइ नलिने प्रधानमन्त्री बालेनको तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आगामी आइतबार भारतको राजकीय भ्रमणमा प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत गार्ड अफ अनर नलिने र औपचारिक बिदाइ समारोह नगर्ने भएका छन्। नेपाली सेनाले भारतको राजकीय भ्रमणमा जाँदा गार्ड अफ अनर ग्रहण गर्न आग्रह गरे पनि बिहीबार साँझसम्म प्रधानमन्त्री शाहले कुनै सहमति दिएका छैनन् र सरकारले विमानस्थलमा औपचारिक समारोह आयोजना गर्ने तयारी पनि नगरेको बताइएको ...

विश्वखबर
एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न फिफा सकारात्मक
Latest NewsJust now

एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न फिफा सकारात्मक

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको छ। बैंककमा आयोजित एएफसी अवार्ड्सको क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका छन्। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play